अत्याउँदै कोरोना कहर : संक्रमित २६ हजार, मृत्यु सय नाघ्यो

  प्रकाशित मिति
३१ श्रावण २०७७, शनिबार १९:३७


झापा, ३१ साउन । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ भने मृत्यु संख्या १०२ पुगेको छ ।

मृत्यु भएका ४२ जना विगत नौ दिनमा थपिएका हुन् ।

बितेको २४ घण्टामा संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ भने ४६८ जना बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।

संक्रमित व्यक्तिको संख्या २६ हजार १९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८ हजार १९३ जनामा सक्रिय संक्रमण छ भने १७ हजार २०१ जना भाइरसमुक्त भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी सक्रिय संक्रमित प्रदेश २ मा ३ हजार ८२७ जना र बागमती प्रदेशमा २ हजार २ जना रहेका छन् ।

प्रदेश १ मा ८९४ जना, गण्डकी प्रदेशमा २६२ जना, प्रदेश ५ मा ७३६ जना, कर्णाली प्रदेशमा २२५ जना र सुदूरपश्चिम प्रदेशमा ८१० जना सक्रिय संक्रमित रहेका छन् ।

आज पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी ८० जना काठमाडौका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: