अदालतले चुनाव गर भन्यो भने मान्छौं : देउवा

  प्रकाशित मिति
४ फाल्गुन २०७७, मंगलवार ०६:३८


बुटवल, ३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले चुनाव गर भन्यो भने कांग्रेसलाई मान्य हुने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा अहिले यही गर नभन्ने बताए ।

यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताए ।

‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ’, उनले भने ।

नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे ।

प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’

‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ?’, उनले अघि भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’

निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनले बताए ।

यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’

साथै उनले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गरेका छन् ।

देउवाले अघि भने, ‘किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’

सूर्य चुनाव चिन्ह एउटै रहेको भन्दै उनले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने उनको आशंका छ ।

(लोकतन्त्र पोस्ट दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: