अदालत ओलीसँग नडराओस् : गगन थापा

  प्रकाशित मिति
४ फाल्गुन २०७७, मंगलवार ०६:३५


चितवन, ३ फागुन । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीसँग डराउन नहुने बताएका छन् ।

उनले ‘सेटिङ मिलाउन सम्भव छैन’ भन्ने सन्देश अदालतले दिनुपर्ने बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा चितवनको भरतपुरमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए ।

अदालत र जनताले पढ्ने संविधान उही भएको उनको भनाई थियो ।

‘मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ उनले जोड दिएर भने, ‘मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधानमात्र हेरोस् ।’

(लोकतन्त्र पोस्ट दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: