अदुवा निकासीमा ५ हजार रुपैयाँ कर

  प्रकाशित मिति
११ भाद्र २०७५, सोमबार ०९:२३


मेचीनगर । इलाममा उत्पादन भएको कृषिजन्य वस्तु अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।

व्यवसायीहरुले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने निकासी कर कानून विपरीत भएको दावी गरेका छन् ।

आइतवार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको एक ट्रक (१० हजार केजी) अदुवामा झापा जिल्ला समन्वय समितिले ५ हजार रुपैयाँ निकासी कर असुलेको प्रमाण लोकतन्त्र पोस्टलाई प्राप्त भएको छ ।

जे.एन्ड जे. निर्माण सेवा प्रालिले जिससबाट कर असुलीको ठेक्का लिएको हुँदा सोही ठेकेदार कम्पनीका श्याम नाम भएका व्यक्तिले ५ हजार रुपैयाँ निकासी कर असुलेको नेपाल अदुवा व्यवसायी सङ्घ झापाका कार्यवाहक अध्यक्ष टोम राजबंशीले बताए ।

विगत २ दिनदेखि जिसस झापाले त्यस्तो कर लिन थालेको राजबंशी बताउँछन् ।

‘इलाममा उत्पादन भएको अदुवाको झापा जिल्लामा निकासी कर लिनु भनेको किसान तथा व्यवसायी दोहोरो मारमा पर्नु हो’, सङ्घका कार्यवाहक अध्यक्ष राजबंशी लोकतन्त्र पोस्टसँग भन्छन्–‘प्रदेश सरकार र अदालतले पनि दोहोरो कर नलाग्ने आदेश गरिसकेको हुँदा यस्तो कर खारेज हुनु पर्छ ।’
लामो समयसम्म भारतीय क्वारेन्टाइनको अवरोध पश्चात बल्लतल्ल अदुवाको निकासी सुरु भएको छ ।
अदुवाको भारत निकासी नहुँदा नेपाली अदुवा कृषकहरु आफ्नो बारीको उत्पादन नबिकेर निराश हुँदै आएका थिए ।
अदुवामा दोहोरो कर नलगाउन मेची उद्योग वाणिज्य सङ्घले जिल्ला समन्वय समितिसमक्ष माग गर्दै ध्यानाकर्षण पत्र हालै बुझाएको थियो ।

कार्यवाहक अध्यक्ष राजबंशीले जिससका अध्यक्ष सोम पोर्तेललाई निकासी करका विषयमा डेलिगेसन गएर ध्यानाकर्षण गराइने बताएका छन् ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: