अदृश्यरुपमा ढुंगा बर्षिएपछि आतंक

  प्रकाशित मिति
९ भाद्र २०७३, बिहीबार १४:२३


20160824_210750

झापा । पौराणिक कथाहरुमा अदृश्य शक्तिको चर्चा पाइन्छ । पछिल्लो समय निर्माण भइरहेका थ्रीडी फिल्महरुमा त अदृश्य शक्ति, भूतप्रेतको प्रयोग बढिरहेको छ । दर्शकलाई मनोरञ्जन दिन निर्माण गरिने फिल्मको दृश्य झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् ।

झापाको ज्यामिरगढी–९ गोमनसरीमा एक सातायता ४ वटा घरमा ढुंगा बर्षिन थालेपछि सर्वसाधारण आतंकित भएको छ । ‘शुरुमा एउटै घरमा मात्रै ढुंगा प्रहार हुन्थ्यो’, स्थानीयबासीले भने – ‘अहिले ४ वटा घरमा पालैपालो बर्षिन थालेको छ ।’

नागपञ्चमीको दिन बेलुका ६ः३० बजे स्थानीय बिमला निरौलाको घरमा बर्षिन सुरु गरेको ढुंगा अहिले नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीलगायतका घरमा ढुंगा प्रहार हुने गरेको छ ।

ढुंगाले लागेर स्थानीय तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन् । अदृश्य रुपमा आउने ढुंगाले आतंकित बनेपछि सतीघट्टा प्रहरी चौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ ।

प्रहरीका अनुसार दैनिकजसो भेला भएका स्थानीयले ढुंगा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेको छ ।
स्थानीय धामी ५७ बर्षीय दीर्घबहादुर बुढाथोकीले ढुंगा भूतप्रेतले हानेको दावी गरेका छन् । उनले स्थानीय क्षेत्रमा जाग्रित्र जागेको हुँदा बायूले अदृश्य रुपमा ढुंगा हानेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: