अधिकांश ठूला नेताले जिते

  प्रकाशित मिति
२४ माघ २०७२, आईतवार ०३:५९


chetra

मेचीनगर । नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनका लागि भएको क्षेत्रीय निर्वाचन शनिवार झापाका ७ वटै क्षेत्रमा सम्पन्न भएको छ ।
क्षेत्रीय निर्वाचन व्रmममा महाधिवेशन प्रतिनिधि र महासमितिका लागि निर्वाचन भएको हो । चुनावमा पार्टीका सभापति उद्धव थापा लगायत अधिकांश अगुवा नेताले जितेका छन् भने पार्टीका केही पुराना नेता, जिल्ला सचिव, केन्द्रीयस्तरका नेता पराजित भएका छन् ।
क्षेत्र नम्बर १ मा मणिकुमार उप्रेती र क्षेत्र नम्बर २ मा नबिन बिमलीसहित सबै क्षेत्रीय समिति शुव्रmबार नै निर्विरोध भएका थिए ।

क्षेत्र नम्बर १ को खुल्लातर्फको महाधिवेशन प्रतिनिधिमा भएको निर्वाचनमा युवा नेता विश्वप्रकाश शर्मा (११२), अशोककुमार पोखरेल(९३), बिमल आचार्य(८९), पङ्कजविव्रmम नेम्बाङ(७३), राम कट्टेल(६७), तिलकप्रसाद गिरी(५७), र महिलातर्फ दुर्गा खतिवडा(८५) र उषा गुरूङ(७९), मधेशी÷अल्पसङ्ख्यक÷अपाङ्गकोटातर्फ विजय डालमिया (८६) मत प्राप्त गर्दै विजयी भएका छन् । यस अघि टेकबहादुर लिम्बू (भरत) निर्विरोध भएका थिए ।

महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुने महासमिति सदस्यका लागि अशोककुमार पोखरेल, राम कट्टेल, बिमल आचार्य, तिलकप्रसाद गिरी र उषा गुरूङ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत हरि अधिकारीले बताए ।

खुल्लातर्फका काङ्ग्रेसका पुराना तथा पूर्व महासमिति सदस्य नेता तम्मर राई(५५), जनआन्दोलनका योद्धा याम भण्डारी (४८), पूर्व महाधिवेशन प्रतिनिधि केदारनाथ ढकाल(४६) र खड्क पन्धाक लिम्बू(३७) र बासुदेब राजवंशी (१७) पराजित भए । महिलातर्फ रूपा पौडेल खतिवडा(६१), मधेशी÷अपाङ्गतर्फ धर्मराज घिमिरे(३२) पनि पराजित भएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ को खुल्ला महाधिवेशन प्रतिनिधिमा सुधिरकुमार सिवाकोटी (१०९), गोपालकुमार बस्नेत (९२), लोकराज ढकाल (८६), राजेश खड्का (८५), केशबराज पाण्डे (८५), तारावीर कट्वाल (७५), महिलातर्फ सीता पौडेल (६७), भुमादेवी घिमिरे (६४) र आदिवासी जनजातितर्फ अमृतलाल राजवंशी (८७) निर्वाचित भएको नवनिर्वाचित क्षेत्रीय सभापति नविन बिमलीले बताए ।
महासमिति सदस्यमा सुधिरकुमार सिवाकोटी, लोकराज ढकाल, गोपालकुमार बस्नेत, केशबराज पाण्डे, तारावीर कट्वाल र सीता पौडेल सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशनको खुल्लातर्फका हर्कराल गिरी, देबेन्द्र गौतम, प्रवेश न्यौपाने, राजकुमार कार्की, महिलातर्फ उमा सिवाकोटी, गोमा भट्टराई र आदिबासी जनजातितर्फ फूर्वा लामा पराजित भएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा गणेश पोखरेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी राजेन्द्र सापकोटालाई ११८ को फराकिलो मत अन्तरले पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३१ र सापकोटाले १३ मत मात्र प्राप्त गरेका थिए । क्षेत्रीय सचिवमा गिताप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् ।

कोषाध्यक्षमा कोकिला खनाल (९२) निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी कृष्णमाया खड्का (४२) लाई हराउँदै खनाल निर्वाचित भएकी हुन् ।
खुल्ला महाधिवेशन प्रतिनिधिमा जनक पाण्डे (१३४), जीतबहादुर पुरी (१२७), तिलकसिंह पाण्डे (११९), ओमप्रकाश सरावगी (११९), भूमिप्रसाद राजवंशी (११६), मदनबहादुर बस्नेत (१०४), दलिततर्फ रणबहादुर लामगादे (१०२) निर्वाचित भएको निर्वाचन अधिकृत होम गुरूङले बताए ।

महिलातर्फ शुसिला ढकाल र तारादेवी भुर्तेल, आदिबासी जनजातितर्फ बडाराम हेमरम र मधेशी, मुस्लिम अल्पसङ्ख्यकतर्फ महमद नुरुजमा मिया निर्विरोध भएका थिए ।

खुल्ला महाधिवेशन प्रतिनिधितर्फ राजेन्द्र घिमिरे र देवीरमण भट्टराई पराजित भएका छन् ।यसैगरी क्षेत्र नम्बर क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा भीमप्रसाद राजवंशी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी प्रेमप्रकाश चुडाँललाई १८ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । राजवंशीले ७४मत प्राप्त गरेका थिए । सदस्य र कोषाध्यक्षमा शुव्रmबार निर्विरोध भएको थियो भने सदस्यहरूमा खगेन्द्र मैनाली (१०९), रामबाबु धिमाल (१०९), गङ्गा भुजेल (९८), देबीमाया भट्टराई (९५), सूर्य गुरूङ (९०), जीवन थापा (८९), शेखर वन (८४,) भोलानाथ बराल (८०), भूपालमान कार्की (७६) निर्वाचित भए ।

महाधिवेशन प्रतिनिधि खुल्ला उद्धव थापा (११८), कृष्ण हुमागाई (९७), खड्ग प्रसाई (६३), दिपककुमार तामाङ (८३), पुण्यप्रसाद ओझा (७९), रमेश श्रेष्ठ (६३), दलिततर्फ राजकुमार बराईली (८१) र मधेशी÷अल्पसङ्ख्यक÷पिछडावर्गतर्फ दयानन्द बंशल (६७) निर्वाचित भएको मतदान अधिकृत रूपक खनालले बताए ।

अधिकृत खनालका अनुसार महासमिति सदस्यमा उद्धव थापा, सरिता प्रसाई, दिपककुमार तामाङ, खड्गप्रसाद प्रसाई र रमेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशनको खुल्लातर्फका उम्मेदवार खेमराज सिटौला, दिपेन्द्रप्रसाद ढकाल, यादप उप्रेती, शम्भु खड्का, शेखरनाथ अधिकारी, शेरबहादुर थापा, दलिततर्फका सुन्दरा लुवागुन, पिछडावर्गतर्फ बुद्धराई मुर्मु पराजित भए ।

यसैगरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा जयनारायण साह निर्वाचित भएका छन् । प्रतिस्पर्धी लयप्रसाद सिवाकोटीलाई ६९ मत अन्तरले हराउँदै साह निर्वाचित भएका हुन् ।

साहले ११२ र सिवाकोटीले ४३ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा अमृतबहादुर कार्की (९२) निर्वाचित भएका छन् । प्रतिस्पर्धी समता दाहाल (५७) लाई हराउँदै निर्वाचित भएका हुन् ।

सदस्यहरूमा खड्गबहादुर कार्की (११९), पुनम चुडाँल (११९), आब्जाल होतेन (११४), पहलमान श्रेष्ठ (११४), कमलप्रसाद भण्डारी (११२), टङ्कप्रसाद मैनाली (१११), देवराज कार्की (९७), ठमनाथ नेपाल (९७) र टङ्कप्रसाद तुम्बापो लिम्बू (९६) निर्वाचित भए ।

खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा देउकुमार थेवे (१०९), उत्तमकुमार सुवेदी (९४), खड्गप्रसाद राजवंशी (८५), डम्बरसिंह सिगु (८३), भक्तिप्रसाद सिटौला (७८), गोविन्दबहादुर अधिकारी (७३), महिलातर्फ लक्कीकुमार गणेश (१०१), देवी दाहाल (९२), दलिततर्फ टङ्क विश्वकर्मा (९५), आदिवासीतर्फ शिवकुमार योङ्या (१०१), मधेशीतर्फ भगिरथकुमार पोद्धार निर्विरोध भएका थिए ।

महासमिति सदस्यमा देउकुमार थेवे, उत्तमकुमार सुवेदी, भक्तिप्रसाद सिटौला, भगिरथकुमार पोद्धार, लक्कीकुमारी गणेश निर्विरोध भएको मतदान अधिकृत देबेन्द्रचन्द्रसिंह राजवंशीले बताए ।

खुल्लातर्फको महाधिवेशनका उम्मेदवारहरू सन्तोषकुमार मेन्याङ्बो, प्रेमबहादुर बस्नेत, अर्जुनप्रसाद उप्रेती, अग्निप्रसाद दुलाल, दयानन्द गोस्वामी, शुकदेवप्रसाद ताजपुरिया, महिलातर्फ अञ्जु थपलिया, पद्मा ढकाल उप्रेती, दलिततर्फ हर्कमाया बर्देवा, आदिवासीतर्फ धनबहादुर राई पराजित भएका छन् । पराजित भएका दयानन्द गोस्वामी वर्तमान जिल्ला सचिव हुन् ।

यसैगरी क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिमा रोहितकुमार साह निर्वाचित भएका छन् । प्रतिस्पर्धी दिपेन्द्र थापालाई ६८ मतको फराकिलो मत अन्तरले हराउँदै साह निर्वाचित भएका हुन् ।

साहले ९३ र थापाले २५ मत प्राप्त गरेका थिए । सचिव, कोषाध्यक्ष र सदस्य यसअघि नै निर्विरोध भएका थिए ।
खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा अनिलकृष्ण प्रसाई (७९), किरण भट्टराई (७४), कुमार रेग्मी (५७), डा. खगेन्द्र अधिकारी (८६), घनश्याम रिजाल (६५) र सिताराम भट्टराई (७२) निर्वाचित भए । आदिवासी जनजातितर्फ जीवनकुमार राई (५९), दलिततर्फ पुष्पहरि बराईली (५९), मधेशी÷मुस्लिम÷अल्पसङ्ख्यक उदयलाल यादव (८५), महिलातर्फ फुलवती राजवंशी (७४) र लक्ष्मी बाराकोटी प्रसाई (५२) निर्वाचित भएको मतदान अधिकृत हिरालाल ताजपुरियाले बताए ।
महासमिति सदस्य सर्वसम्मत भएको छ । जसमा रोहितकुमार साह, घनश्याम रिजाल, अनिलकृष्ण प्रसाई, किरण भट्टराई, फुलवती राजवंशी रहेका छन् ।
महाधिवेशनको खुल्लातर्फका उम्मेदवारहरू कमलप्रसाद दाहाल, गोपालप्रसाद कोइराला, गोपालबहादुर पौडेल, वीरबहादुर प्रसाई, भूपालराज कट्वाल, भोला खतिवडा, मखना महतो, रामभक्त कार्की, आदिवासी जनजाति कात्तिकलाल राजवंशी, मधेशीतर्फ विजयकुमार अग्रवाल, दलितर्फ डिल्लीराम बर्देवा, महिलातर्फ राजकुमारी राजवंशी, उमादेवी पराजुली नेपाल, रामकुमार पौडेल र सीता भण्डारी पराजित भए ।
यसैगरी क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी देवीप्रसाद दाहाललाई ५२ मत अन्तरले पछि पार्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ९३ र दाहालले ४१ मत प्राप्त गरेका थिए ।सचिवमा सुडेन्द्रकुमार खड्का(६६) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी वीरेन्द्र पोखरेल(५१) लाई हराएका थिए । कोषाध्यक्षमा अनिल भण्डारी (६३) निर्वाचित भए ।

खुल्लातर्फको महाधिवेशन प्रतिनिधिमा शेरबहादुर भट्टराई (७८), सुरेश सुब्बा (७४), दिलबहादुर बुढाथोकी (६८), टिकाराज सापकोटाले (६०),रोशनकुमार गौतम (४९) र घनेन्द्रराज योङ्या (४५) निर्वाचित भए ।

महिलातर्फ महिन्द्राकुमारी लिम्बू (८८), रेगिना भट्टराई (६४), आदिवासी÷जनजातितर्फ आइन्द्रविव्रmम केरूङ (७४), दलिततर्फ अमर बराईली (८२), मधेशी÷अल्पसङ्ख्यकतर्फ सत्यनारायण चौधरी (५२) निर्वाचित भए ।

महासमिति सदस्यमा महिन्द्राकुमारी लिम्बू, शेरबहादुर भट्टराई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, टिकाराज सापकोटा सर्वसम्मत निर्वाचित भएका मतदान अधिकृत प्रकाश भण्डारीले बताए ।

खुल्लातर्फका उमाकान्त आचार्य, चन्द्रवीर नेम्बाङ, जीवन न्यौपाने, नगेन्द्रमणि न्यौपाने, नारायणप्रसाद बराल, डा. नेत्रबहादुर बुढाथोकी, प्रकाश बुढाथोकी, बर्तबहादुर धिमाल, भूमिराज राई, मचिन्द्र शेर्मा, मानबहादुर बुढाथोकी, राजनबहादुर ढुङ्गाना, हरिकुमार सुवेदी, महिलातर्फ चन्द्रकुमारी खड्का, तुलसा पन्त, लता रिजाल चापागाई, आदिवासीतर्फ हुकुमसिंह राई, मधेशीतर्फ प्रथम धिमाल, महेन्द्र चौधरी र राजेन्द्रकुमार अग्रवाल पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: