अध्यक्षमा गुरुङ र प्रसाईं उठ्ने

  प्रकाशित मिति
२८ पुष २०७२, मंगलवार ०३:४३


gyanu prasai & jankumar

विर्तामोड, २८ पुस । विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न चुनावका लागि दलहरू आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

माघ ४ गते हुने खानेपानी चुनावको सरगर्मी बढेसँगै परिणाम आफ्नो पक्षमा पार्न दलहरूले कसरत सुरू गरेका हुन् । विर्तामोड खानेपानीको निर्वाचनले ठुलै महत्व राख्दछ । त्यसैले दलहरूले परिणाम आफ्नो पक्षमा पार्न पनि ठुलै मेहनत गर्ने गरेका छन् ।

एमाओवादी बाहेक काङ्ग्रेस, एमाले तथा राप्रपा नेपालले आधिकारिक रुपमा उम्मेदवार तय गरिसकेको छैन । एमाओवादी विर्तामोड नगर समितिले भने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । पार्टीको पुस २४ गते बसेको बैठकले शिव खतिवडा र सेलिना मानन्धरलाई सदस्य पदमा उठाउने निर्णय गरेको अध्यक्ष अरुण श्रेष्ठले बताए । सर्वसम्मतीको प्रयास गर्ने र नभए प्रतिस्पर्धामा जाने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

खानेपानी चुनावका लागि काङ्ग्रेस र एमालेले भने कुनै आधिकारिक निर्णय नगर्ने ती पार्टीका नेताहरूले बताएका छन् । ‘खानेपानी एउटा शुद्ध संस्था हो’, काङ्ग्रेस विर्तामोड सभापति भोजराज सिटौलाले भने, ‘पार्टीले आधिकारिक निर्णय गर्दैन, योग्य उम्मेदवारलाई साथ र समर्थन गर्छौं ।’

उपभोक्ताको संस्था भए पनि खानेपानीमा दलीय प्रभाव भने देखिने गरेको छ । समितिको विभिन्न पदका लागि दलका आबद्ध नेता तथा कार्यकर्ता उम्मेदवार बन्न दौडधुप गरिरहेको स्रोतको दाबी छ ।

खानेपानीको अध्यक्ष पदमा जलकुमार गुरुङ र ज्ञानुराम प्रसाईंको नाम चर्चामा छ । गुरुङ काङ्ग्रेस र प्रसाईं एमाले निकट हुन् । दुवैले अध्यक्ष पदमा उम्मेदवारी दिने पक्कापक्की छ । ‘मेरो उम्मेदवारी अध्यक्ष पदमा हो’, गुरुङले लोकतन्त्र पोस्टसँग भने, ‘उपभोक्ताले मलाई पक्कै पनि जिताउनु हुनेछ ।’ प्रसाईंले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यस्तै, समितिको उपाध्यक्ष पदमा लक्ष्मी गौतम, पर्शुराम सिटौलाको नाम चर्चामा छ । मेघराज बाँस्तोला, डम्बर बस्नेत लगायतको नाम चर्चामा रहे पनि कुन पदमा उनीहरू उठ्ने हो निश्चित हुन बाँकी रहेको स्रोतले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्ने समय रहेकाले पनि आकांक्षीहरू आआफ्नो पार्टीका नेतासँग उम्मेदवार बनाउन लविङ गरिरहेको बुझिएको छ । विर्तामोड खानेपानीमा ४ हजार ७ सय उपभोक्ता छन् । अध्यक्षसहित ९ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: