अध्यक्षमा विशाल

  प्रकाशित मिति
२४ पुष २०७३, आईतवार १०:५५


काँकरभिट्टा । नेपाल यातायात मजदुर सङ्घको अध्यक्षमा युवा व्यक्तित्व विशाल तामाङ सर्वसम्मत चयन भएका छन् ।
शनिवार काँकरभिट्टामा सम्पन्न सङ्घको आठौँ इकाइ अधिवेशनले तामाङलाई आगामी दुई बर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

लामो समयदेखि मजदुर क्षेत्रमा लागि परेका तामाङ यस अघि सचिव पदमा रहेर कुशल जिम्मेवारी बहन गरेका थिए । यसैगरी उनी तरुण दलको मेचीनगर सभापति समेत हुन् ।

सङ्घको खुल्ला उपाध्यक्षमा विनोद बस्नेत, महिला उपाध्यक्षमा विष्णु लुइँटेल, सचिवमा कर्णबहादुर थापा (राजा), सहसचिवमा रेवत राया  र कोषाध्यक्षमा प्रदेश कार्की सर्वसम्मवत चयन भएका छन् ।

सदस्यहरूमा नवराज थापा, विक्की मजुमदार, दिवस गुरुङ, नरबहादुर राई, विधान श्रेष्ठ र भीम गुरुङ रहेका छन् ।

यसैगरी सङ्घको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष गोपालप्रसाद सिवाकोटीलाई चयन गरिएको छ । सङ्घको निर्वाचनका लागि सङ्घका सल्लाहकार संयोजक दुर्गाप्रसाद सापकोटा निर्वाचन संयोजक, धनप्रसाद गुरुङ र इन्द्रप्रसाद खरेल सदस्यमा रहेका थिए ।

कोषाध्यक्षमा रोशन रञ्चितकार र सदस्यमा रमेश कार्कीले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: