अध्यक्षमा विष्ट र श्रेष्ठको उम्मेद्वारी

  प्रकाशित मिति
२६ जेष्ठ २०७३, बुधबार ०४:३०


विर्तामोड । राप्रपा नेपाल झापाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्र मङ्गलवार विर्तामोडमा सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षता तथा महामन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यव्रmममा सहायक महामन्त्री राम थापा, केन्द्रीय सदस्यहरू राजकुमार पोखरेल, बासुदेव भट्टराई, रोहित राजवंशी, कार्यसम्पादन समिति सदस्य लक्ष्मीप्रसाद सङ्ग्रौला, क्षेत्रीय अध्यक्ष केशव ओझा, विर्तामोड नगर अध्यक्ष शङ्कर रिजाल, बालुबाडी अध्यक्ष अघन राजवंशी, महिला सङ्गठनकी अध्यक्ष राधा कार्की लगायतले मन्तव्य राखेका थिए ।

कार्यव्रmममा बिष्टले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । यसैबिच, नयाँ नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको छ । नेतृत्वका लागि निवर्तमान अध्यक्ष विष्ट र विश्वनाथ श्रेष्ठले उम्मेद्वारी दिएका छन् । २५ सदस्यीय कार्यसमितिका लागि १७ जना सर्वसम्मत भएका छन् ।
क्षेत्र नम्बर २ र ३ बाट मात्र जिल्ला सदस्यका लागि मतदान हुने भएको छ । क्षेत्र नम्बर २ को ४ वटा जिल्ला सदस्यका लागि ११ र क्षेत्र नम्बर ३ को ४ वटा जिल्ला सदस्यका लागि ६ जनाले उम्मेद्वारी दिएका छन् । मतदान कार्यव्रmम आगामी शुव्रmवारका लागि तय गरिएको छ ।

मतदानमा ५ सय ११ जना मतदाताले भाग लिने निर्वाचन समितिका सदस्य इन्द्रसिंह राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: