अध्यादेश र प्रतिवेदन दुवै फिर्ता गर्न ओली–प्रचण्ड तयार

  प्रकाशित मिति
१ पुष २०७७, बुधबार १७:५०


झापा, १ पुस । नेकपामा जारी किचलो मत्थर हुने गरी राष्ट्रपतिद्वारा जारी अध्यादेश फिर्ता हुने भएको छ ।

स्थायी कमिटी बैठक अघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा अध्यादेश फिर्ता गर्ने र संसद अधिवेशन आह्वान नगर्ने सहमति भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए ।

अहिले नेकपा स्थायी कमिटी बैठक जारी छ । दुई अध्यक्षबीच सहमति भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली बैठकमा सहभागी भएका हुन् ।

बजगाईका अनुसार नेताहरुबीच गएको भदौ २६ गतेको निर्णयमा फर्किने सहमति भएको छ । साथै दुवै अध्यक्षले पार्टीमा पेश गरेका प्रतिवेदन पनि फिर्ता हुने सहमति भएको छ ।

यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक जारी गरेको अध्यादेश फिर्ता गर्नुपर्ने अवस्था आएको छ ।

हिजो बिहान संवैधानिक परिषदको बैठक स्थगित भएपछि त्यही झोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको विषयमा अध्यादेश सिफारिस गरेका थिए । आफू अनुकूल हिसाबले ओलीले अध्यादेश जारी गर्न सिफारिस गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई जारी गरेकी थिइन् । उनको कदमलाई लिएर सत्तारुढ दल र प्रतिपक्षी दुवैले कडा निन्दा गरेका थिए ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: