अनलाइनबाटै महसुल तिर्न सकिने

  प्रकाशित मिति
१ फाल्गुन २०७४, मंगलवार १०:५२


धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको १७ औँ बार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।

पासाङल्हामू स्मृति प्रतिष्ठानमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले गरेका थिए । सोही उद्घाटन समारोहमा खानेपानीको अनलाइन महसुल भुक्तानी सेवाको समेत शुभारम्भ गरिएको छ । सोमवारदेखि नै संस्थाको महसुल अनलाइन सिस्टम गरिएको हो ।

त्यस्तै, बिल रिडिङ भएको एक साताभित्र खानेपानीको महसुल भुक्तानी गर्ने ३२ जना उपभोक्तामध्ये गोला प्रथाबाट छनोटमा परेका ६ जनालाई वर्ष उत्कृष्ट उपभोक्ताका रुपमा सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा होमनाथ न्यौपाने, नरहरि खनाल, नरेन्द्रदेवी मण्डल, तुलसादेवी आचार्य, गङ्गाबहादुर कार्की र भानु वशिष्ठ रहेका छन् । उनीहरुलाई जनही २ हजार १ सय रुपैयाँ र कदर पत्रसहित सम्मान गरिएको थियो । यसैगरी, वर्ष उत्कृष्ट कर्मचारीमा अरुण साहलाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विमल आचार्य, विशेष अतिथि उपप्रमुख मीना उप्रेती, संस्थापक अध्यक्ष राम कट्टेल, पूर्व अध्यक्ष मणिकुमार उप्रेती, पूर्व सचिव दीपक भण्डारी, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल, नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाईं, मेचीनगर लेडी जेसीजकी अध्यक्ष सुनिता उप्रेती पनेरुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य दुर्गा कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अजय घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: