अनलाइन चित्रकलामा सबैलाई उछिने होराइजनका अभिषेकले

  प्रकाशित मिति
२२ आश्विन २०७७, बिहीबार २०:४५


अभिषेक प्रधान ।

मेचीनगर, २२ असोज । मेची नेत्रालयले विश्व दृष्टि दिवसका अवसरमा आयोजना गरेको अनलाइन चित्रकला प्रतियोगितामा धुलावारीस्थित इस्ट होराइजन अङ्ग्रेजी माध्यमिक विद्यालयका छात्र अभिषेक प्रधानले प्रथम पुरस्कार जितेका छन् ।

विजेता प्रधानले प्रमाणपत्रसँगै ५ हजार रुपैयाँ नगद पाएका छन् ।

प्रतियोगितामा काँकरभिट्टाको नर्थ प्वाइन्ट अङ्ग्रेजी माविका बिरुना राईले दोस्रो र धुलावारी माध्यमिक विद्यालयका सहनाज अलीले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

दोस्रो र तेस्रो पुरस्कार विजेताले क्रमशः ३ हजार र २ हजार रुपैयाँ नगद पाएका छन् ।

प्रतियोगितामा मेचीनगरका २१ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । फेसबुकमार्फत गरिएको शेयर, लाइक र निर्णायकको निर्णयको आधारमा मूल्याङ्कन गरिएको थियो ।

आज एक कार्यक्रमबीच विजेतालाई निर्णायक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईं, देही आर्टका निर्देशक छितेन शेर्पा र मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कोरोना महामारीका कारण प्रतियोगिता अनलाइनमार्फत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: