अनिशसहित ३ सम्मानित

  प्रकाशित मिति
२६ जेष्ठ २०७३, बुधबार ०९:४३


दुहागढी । सर्वोच्च शिखर सगरमाथा आरोही प्रथम झापाली युवा अनिष लुइटेल सहित ३ जनालाई झापाको दुहागढीमा सम्मान गरिएको छ ।

नेपाली काँग्रेस दुहागढी गाउँ समितिले बुधबार आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा लुइटेल सहित काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा र कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा झापा प्रथम हुने अरुण न्यौपानेलाई सम्मान गरेको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कांग्रस झापाका सभापति उद्धव थापाले दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय २५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई प्रमुख अतिथि थापाले पार्टीको साधारण सदस्यता प्रदान गरी स्वागत गरेका थिए । कार्यक्रममा नवप्रवेसीहरु मान बहादुर खड्का, छविलसिंह राजवंशी, नेपाल महिला संघ झापाकी सभापति शुशिला ढकाल, सम्मानित व्यक्तित्व लुइटेल, शर्मा र प्रमुख अतिथि थापाले मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस गाउँ सभापति पुष्पराज कार्कीको सभापतित्व तथा सचिव अर्जुन थेवेले संचालन गरेको कार्यक्रममा स्वागत निर्मला मैनालीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: