अनिसको नजर सगरमाथाको चुचुरोमा

  प्रकाशित मिति
६ बैशाख २०७३, सोमबार ०४:०१


………………
अनिस भन्छन्–‘मसँग शुभेच्छुकहरूको आशिर्वाद छ, यसपाली सगरमाथाको शिखर चुमेरै फर्किन्छु ।’
……………..
pm oli 2विर्तामोड, ६ बैशाख । गत बर्षको बैशाख १२ गते भुइँचालो नआइदिएको भए त्यसको ३ दिनपछि हामीले अनिस लुइँटेलले सगरमाथा आरोहण गरेको सुखद् खवर सुन्न पाउने थियौँ । सगरमाथा समेत बेस्सरी हल्लिने गरी गएको भुइँचालोले अनिसलाई सगरमाथाको ‘बेस टु’बाट उक्लिन रोक्यो । उनीसँगै आरोहणमा गएका केही साथी हिउँ पहिरोमा समाहित भए । अनिसलाई हेलिकोप्टरले उद्धार गरी सकुशल फर्काइयो ।

भद्रपुर–१२ हिमाली टोलका २२ वर्षीय अनिस लुइँटेल अधुरो सपना साकार तुल्याउन फेरि सगरमाथातर्फ बढेका छन् ।

बैशाख ७ गते उनी काठमाडौँबाट लुक्ला उड्दैछन् । उनका सबैजसो साथी लुक्लाबाट पहिल्यै सगरमाथाको बेस क्याम्प पुगिसके । उनी भने अनेक चुनौती पन्छाउँदै बल्ल हिड्दैछन् ।

pm oli 1‘मसँग शुभेच्छुकहरूको आशिर्वाद छ’, उनी भन्छन्–‘यसपाली सगरमाथाको शिखर चुमेरै फर्किन्छु ।’ गत वर्ष नेपालको सबैभन्दा होचो स्थान केचनाको माटो र झापाली थुप्रै सङ्घ संस्थाको व्यानर र झण्डा बोकेर हिँडेका उनी यसपाली ‘नेपालको संविधान २०७२’ र नेविसङ्घको झण्डा पनि सगरमाथामा लैजाँदै छन् ।

गत वर्षको चैत २० गते आरोहण सुरु गरेका उनलाई झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी, तत्कालीन स्थानीय विकास अधिकारी लगायतले केचनाबाट भव्य विदाइ गरेका थिए । यसपाली चाहिँ प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा संविधानको एक प्रति र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर आरोहण सफलताको कामनासहित हार्दिक विदाइ गरेका छन् ।

pm oli 3विहीवार साँझ वालुवाटारमा प्रधानमन्त्री ओलीले ‘सगरमाथाको सफल आरोहण गरेर आउनु’ भन्दै झण्डा र संविधानकोप्रति अनिसको हातमा थमाइदिएका थिए । ‘मलाई उहाँले काँधमा हात राखेर आशिर्वाद दिनुभयो’, प्रधानमन्त्रीले विदाइ गर्दाको क्षण सम्झँदै अनिस भन्छन्–‘नेपाली जनता आफैले बनाएको यो संविधानलाई सगरमाथाको टुप्पोमा पुर्याउनु भन्नु भएको छ ।’

शिखरको चार वटा ढुङ्गाको टुक्रा समेत ल्याइदिन प्रधानमन्त्रीले आग्रह गरेको अनिसले बताए । विदाइ कार्यव्रmममा प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरू, नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्की, प्रधानमनत्रीको प्रेस संयोजक चेतन अधिकारी, अनिसका प्रिय साथी राजेश खरेल लगायतको उपस्थिति रहेको थियो ।

अनिसले गत वर्ष सगरमाथा आरोहणमा जानका लागि झापाली नागरिकका तर्फबाट मेची उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विजय डालमियाको अध्यक्षतामा सहयोग समिति गठन गरिएको छ । समितिले विभिन्न दाताको सहयोग र सहारा नेपाल साकोसबाट १० लाख रुपैयाँ ऋण लिएर कूल २६ लाख रुपैयाँ जुटाउँदै अनिसलाई सगरमाथा आरोहणमा पठाएको थियो ।

anis 2भूकम्पका कारण सरकारले नै आरोहण रद्द गरेपछि फर्किएका अनिसले फेरि सगरामाथा आरोहणमा जान आर्थिक कठिनाइ झेल्नु परेको छ । सरकारले एक लाख रुपैयाँको रोयल्टी मिनाहा गरेवाहेक अरु केही सहयोग नगरेको र दोहोर्याएर चन्दा सङ्कलन गर्न असजिलो भएका कारण यसपाली फेरि पारिवारिक पहलमा ऋण खोजेर जुटाएको रकममा नेपाल विद्यार्थी सङ्घका तर्फबाट जुटाइएको सहयोगले आरोहणमा जान सम्भव भएको अनिस बताउँछन् ।

आरोहणमा खर्च जुटाउन यसपाली अनिसले आफु चढ्ने गरेको मोटरसाइकल समेत बेचेका छन् । सहयोग समितिका उपाध्यक्ष दुर्गा भट्टराईका अनुसार सहयोगका लागि राज्यसँग गुहार मागिएको छ ।

राज्यकोषबाट सहयोग मागिएको निवेदन मन्त्रीपरिषदमा पुर्याइएको छ । ‘प्रधानमन्त्रीले संविधान र झण्डा हस्तान्तरण गरिसक्नु भएको छ’, उपाध्यक्ष भट्टराई भन्छन्–‘आशा गरौँ, सरकारले अवश्य सहयोग गर्ने नै छ ।’

 

 

 

 

anis 11 anis 10 anis 6anis 5
anis 3 anis 7 anis 8 anis 12anis 4
anis 1 anis 9

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: