अनिसलाई सम्मानको ओइरो

  प्रकाशित मिति
२२ जेष्ठ २०७३, शनिबार १६:५३


anis 2मेचीनगर । सगरमाथा आरोही अनिस लुइँटेललाई गृह जिल्ला झापामा शनिवार भव्य अभिनन्दन गरिएको छ ।

धुलाबारी जेसीज र मेचीनगर लेडी जेसीजको संयुक्त आयोजनामा पासाङ ल्हामू स्मृति सभागृह (टाउन हल)मा भएको कार्यव्रmममा उनलाई ४८ वटा सङ्घ संस्थाले भव्य रुपमा सम्मान गरेका हुन् ।

भद्रपुर–१२ घर भएका २२ वर्षीय लुइँटेलले गत जेठ ८ गते नेपालको संविधान पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याएका थिए ।

यसैगरी उनले नेपाल जेसीज, सहकारी संस्था, सामुदायिक वनलगायतका दर्जनौ सङ्घ संस्थाको झण्डा समेत सगरमाथाको चुचुरोमा पु¥याउन सफल भएका छन् ।

उनलाई धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, दर्जन बढी सहकारी anis 3सङ्घ संस्था, शैक्षिक सङ्घ संस्था, सामुदायिक वन, महिला सङ्घ संस्थाले सामूहिक रुपमा सम्मान पत्र, दोसल्ला र अबिरसहित सम्मान गरेका थिए ।

सोही कार्यव्रmममा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आयोजक समितिको तर्फबाट आयोजकका निर्देशक अनन्तप्रकाश वस्तीले उनलाई ११ हजार १ सय ११ रुपैयाँ समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अनिसका पिता शिवराम लुइँटेल र आमा कमला लुइँटेललाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो ।

२०७१ साल चैत २० गते पहिलो पटक सगरमाथा आरोहणमा झापाबाट निस्किएका लुइँटेल २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण आधा शिविरबाट फिर्ता आएका थिए ।
सानै उमेरदेखि सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य लिएका उनी अन्ततः यो वर्ष पुग्न सफल भएका थिए । बुबा शिवराम लुइँटेल र आमा कमला लुइँटेलका छोरा अनिसले मेचीनगरलाई कर्मथलो बनाएका छन् ।

हिमालयन इङ्लिस एकाडेमी उमाविबाट एसएलसी उत्तीर्ण गरेका उनले विभिन्न विद्यालयमा स्काउट शिक्षक भएर काम गरेका छन् ।
मेचीनगर लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल जेसीज क्षेत्र क सम्मेलन निर्देशक अनन्तप्रकाश वस्ती, अन्तरपार्टी महिला सङ्घकी जिल्ला अध्यक्ष माया गुरुङ, धुलाबारी खानेपानीका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीलगायतले बोलेका थिए ।

कार्यव्रmममा अनिस सगरमाथा आरोहण सहयोग समितिका उपाध्यक्ष दुर्गा भट्टराई, धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्प पौडेल, नेपाल जेसीजका पूर्व अध्यक्ष अनिल भेटवाल, अर्जुनधारा शनिश्चरे जेसीजका अध्यक्ष शार्दुलहाङ ओली, सुरुङ्गा जेसीजका अध्यक्ष सरला पोखरेल, वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, मेचीनगर लेडी जेसीजकी निवर्तमान अध्यक्ष टीका सुबेदी, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, अन्तर्राष्ट्रिय कराँते रेफ्री राजु महर्जन, सितरियो कराँतेका मेचीनगर अध्यक्ष विष्णु श्रेष्ठ, अनिसका बुबा शिवराम लुइँटेल, आमा कमला लुइँटेल, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलागायतको उपस्थिति रहेको थियो ।

धुलाबारी जेसीजका अध्यक्ष लिलाप्रसाद भण्डारीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सागर खनाल र शोभा श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: