अनिसले फेरि हिमाल चढ्ने

  प्रकाशित मिति
३ पुष २०७३, आईतवार १०:१३


anis-luitel-1मेचीनगर । गत जेठमा सगरमाथा आरोहण गरेका अनिस लुइँटेलले यही पुसमा फेरि हिमाल चढ्ने भएका छन् ।

यसपटक उनी सगरमाथा होइन, लाङटाङमा पर्ने ‘उर्केमा हिमाल’ चढ्ने भएका हुन् । ‘उर्केमा हिमाल’लाई नेपाल सरकारले स्काउटका संस्थापक वेडेन पावेलको सम्मानमा नामाकरण गरेको छ ।

‘वेडेन पावेल पिक’ भनेर चिनिने सो हिमाल ५ हजार ८ सय ९० मिटर अग्लो रहेको छ । अनिसले सो हिमाल एकै सिजनमा दुई पटक आरोहण गर्ने लक्ष्य लिएका छन् ।

अनिसका अनुसार उनी पुस १७ गते झापाबाट आरोहणमा निस्कने छन् भने पुस २८ गतेतिर आरोहण सकेर फर्किने छन् । वेडेन पावेल पिकमा उनले नेपाल स्काउट र अमेरिकन स्काउटको स्वर्ण महोत्सवको झण्डा पुर्याउने भएका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ पुस ३ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: