अनुपाको पीडामा बीएन्डसीको मल्हम

  प्रकाशित मिति
२० चैत्र २०७४, मंगलवार १२:१७


 

dig

बिर्तामोड । बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलले शरीरको विभिन्न भागमा गोलीको छर्रा बोकेर बषौँदेखि बसेकी एक महिलाको निःशुल्क उपचार गरिदिने भएको छ ।

आर्थिक अवस्था नाजुक भएकी अनुपा राईको अस्पतालले निशुल्क उपचार गरिदिने सोमबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अनुपाले पीडा सहेर वर्षौँदेखि बसेको समाचार बाहिर आएपछि अस्पताले उपचार गर्न चासो देखाएको हो ।

आर्थिक अवस्था नाजुक भएकी अनुपा डेढ दशकदेखि शरीरमा छर्रा बोकेर बाँच्न बिवश थिइन् । हाल पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा बसोबास गर्दै आएकी ३१ वर्षकी अनुपा ओखलढुङ्गाको कुइभिर माविमा कक्षा–९ मा पढ्दापढ्दै जनयुद्धमा होमिएकी थिइन् ।

माओवादीमा उनी छापामार थिइन् । युद्धकालमा उनले ५ वटा लडाइँ लडिन् । ०५८ सालको १० मङ्सिरमा सोलुखुम्बु सदरमुकाम, २२ माघमा काभ्रेको भकुण्डेबेँसी, ०५९ सालको २४ वैशाखमा सङ्खुवासभाको चैनपुर, भदौमा सिन्धुलीको भिमान र कात्तिकमा ओखलढुङ्गाको रुम्झाटारमा उनले युद्ध लडेको पत्रकार सम्मेलनमा स्मरण गरिन् ।

त्यहीबेला लागेको छर्राले बाहै्र मास सताइरहेको पत्रकार सामु दुःखेसो गरिन् । गर्मीमा साह्रै पोल्ने र जाडोमा कट्कटी खाने भएकाले आफूलाई ठूलो पीडा भएको उनले सुनाइन् ।

उनका अनुसार टाउको, घाँटी र छातीमा गोलीका छर्रा छन् । उनको १२ वर्षका छोरा रोविन विक्रम छन् । उनले पार्टीका लागि आफूले ठूलो योगदान गरे पनि पार्टीले आफूलाई कुनै पनि सहयोग नगरेको दुखेसो गरिन् ।

उनले पटक–पटक बिन्ती बिसाएका नेतामध्येका श्रीप्रसाद जवेगु राज्यमन्त्री भए । इन्द्र आङ्बो ‘मौसम’ अहिले एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री छन् । उनका समकक्षी सबै मन्त्री हुँदा उनको भने यस्तो छ हालत ।

अस्पतालका न्यूरो सर्जन डा। पङ्कज नेपालले मङ्गलबार अनुपाको गोलीको शल्यक्रिया गर्ने बताए ।

आफूले यो भन्दा अघि पनि यस्ता प्रकारका शल्यक्रिया गरेकाले आफू यो शल्यक्रियामा पनि सफल हुने बिश्वास ब्यक्त गरे ।

अनुपाको बारेमा थाहा पाएपछि आफूले निःशुल्क उपचार गर्ने अठोट लिएको बीएन्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले बताए । सञ्चारमाध्यममा अनुपाको बारेमा कुरा आएपछि आफूहरु निशुल्क उपचार गर्न तयार भएको प्रसाइँले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: