अनुराग

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार ११:४६


267609_183510731708019_7917230_n
“होइन यो कहिले मर्छे रु हँ, यसको घिड्घिडो बसेको यति धेरै भयो १ ।।। किन परान् चाहिँ नगएको रु ।।। अहिले मर्ली, भरे मर्ली, भोलि मर्ली भनेर हेर्दा हेर्दै हप्तौं बितिसके १ फुस्स उडे त सन्चो हुन्थ्यो नि १ थामिएको छ, थामिएको छ १ बेलाबेला त रिस पनि उठ्छ, झोंक पनि चल्छ १ यसले मलाई कति पिरेकी रु” अलखनाथ गनगनायो । उसको छोरो भाद्रु बिमारी आमाका छेउमै बसेर पङ्खा हल्लाइ रहेको थियो ।
सेतै फुलेकी, दाँत पनि फुक्लिसकेर गालासाला मुखभित्रै पस्ने भएकी आमा, महिनौंदेखिको बिमारले थाङ्निएर अब चाहिँ बाँच्तिन भन्ने ठेकान भएको छ । आमाको उमेर सोध्दा ऊ आमाको त कुरै छाडौं आफ्नो पनि उमेर बताउन सक्तैन । बाबुआमाले उसको जन्ममिति उसलाई बताउनै सकेनन् । बिर्सिए १ उसको बाबु, अलखनाथलाई उमेर सोध्दा गाउँको कुनै वयोवृद्धलाई देखाएर ऊ र आफू दौंतरी भएको बताउँछन्, त्यति हो । “ठुलो भैंचालो आएको सम्झना छ, मधेसै बगाउने बाढी आएको थाहा छ भन्छन् तर कति सालमा वा कति वर्षको हुँदा हो भन्न सक्तैनन् ।
अलखनाथ स्वास्नीलाई गाली गर्छ, सराप्छ १ यो सुनेर अरुअरु छक्क पर्छन् तर भाद्रु यादै गर्दैन । बाबुको बानी नै त्यस्तै ठान्छ ऊ । उसले बाबुले मिठो मसिनो गरेर आमालाई बोलाएको थाहा पाएन । अचम्म एउटै थियो कि उसकी आमाले बाबुलाई कहिल्यै मुख फर्काइन ।
आज उसकी आमा मृत्यु शैयामा छे । उमेर त हेर्दा बाबुआमा दुबै अब बेला हुन लागेका जस्ता छन्, तैपनि माया बुढो हुँदो रहेनछ । उसकी आमाको त्यो अन्तिम अवस्थामा अझै केहीजेल बाँचे हुन्थ्यो भन्ने भाद्रु ठान्थ्यो, तर बिमारी हेर्ने सबैलाई विश्वास भैसकेको थियो कि ऊ अब एकै छिन्की पाहुना हो । त्यो एकैछिनकी पाहुनाको मुख हेर्न बीरेन, बीरेनकी बुढी, चम्पे, सुरेश, अनजीत, गोलढुङ्गा, बैसाखु, किसनलाल, सुबानी, लाइलन सब आएका छन् । सबैका मुखमा ‘रामनाम सत्य हो १ रामनाम सत्य हो १’ छ, तर अलखनाथ स्वास्नीलाई गाली गर्न मात्र व्यस्त छ– “किन ढिलो ग¥या रु भरे आज फेरि नभ्याइने हुन सक्छ १ बासी राख्नु हुँदैन १ यसको सास नगए नजाओस् १ जा १ भाद्रू बाँस काटेर ले १ यहाँ मलाई पिरोल्न पाइरछे अनि सास थामिरछे १ बाँसमा बाँधुबुँद पारेपछि अनि जान्छ आफैं साससास १ आज पुर्ने होला १ आज त यसले उम्किनै हुँदैन १ ।।। यसलाई आज त राख्नै हुँदैन १ उठ् न भन्या भाद्रु १ जा गएर त्यही देउनीयाका झाङबाट भए पनि ले अलिक राम्रो सलक्क परेको हेरेर १ यसलाई लगेर “हरिबोल १” गरेपछि मात्र मलाई अलिक हलुङ हुन्छ १ जा जा १ ।।।”
हेर्नेहरूका आँखा डब्डबाए । भाद्रुकी आमाले पक्क पक्क मुख बाई । तनक्क तन्किई । लामो हाइ काढे झैं गरेर निसास भई । हेर्नेहरू सब हतार हतार आफ्ना घरतिर लागे । भाद्रुले डाको छाड्यो । उसका दुबै बहिनीहरूले रोएर घरै उचाले झैं भयो । अलखनाथ पनि बोल्यो– “मरी १ मरी १ ए ठिक भयो १ अब छिटछिटो गर्नु पर्छ १” उसले नाती टिकेनको नाम लिएर बोलायो र ठाकुर लिन पठायो । भाद्रुलाई गाली ग¥यो– “के रुन्छस् नाथू १ तैंले रोएर यो निठुरी अब बौरिन्छे र १ ऊ १ त्यहाँ ताम्बुलहरू छन्, गएर बिरेन्, नरेन्, परेस्, असुनी, किसनलाल, बैसाखु सबैलाई भक्ति दे १ छिट्छिटो गर्नु पर्छ १ जा १ जा १ उठी हाल् जा १।।।”
मलामीहरू बिस–तिस जना भेला भए । ठाकुर आइपुगे । आइमाईहरूको रुवाइले मरुमारु भएको घर छर्लङ्ङै चिनायो । अलखनाथको मरेकी स्वास्नीमाथिको गाली हटेकै थिएन, रोकिएकै थिएन । उ ती उपस्थित ठाकुरहरू, मलामीहरूलाई समेत हतार लाउँदै थियो– “होइन १ तपाईंहरू किन ढिलो गर्नुहुन्छ रु बाँचुन्जेल सम्म पनि यस पापीनीले मलाई कहिल्यै एकलै हुन दिइन १ यसलाई मरिसकेपछि पनि किन तपाईंहरू यहाँ राखिरहनु हुन्छ रु मलाई त आगैका ज्वालामा पसेजतिकै भएको छ १ यसलाई कति बेला लाने रु राम्ररी छोपछाप कति बेला गर्नु र मलाई शीतल हुन्छ १ लौन १ मेरो व्यथा बुझिदेओ १ ।।। छिटछिटो गर १ कि म आफैं उठाउँ हँ रु ।।।”
आफ्नै शरीर उठाउन भारी भैसकेको अलखनाथ लास उठाउन त¥याङ्म¥याङ् ग¥यो । उसलाई सबैले समाए १ हाड र छाला भएको झिव्रmो जस्तो उसको जराजीर्ण शरीर साधारण धक्काले नै नउठ्ने गरी ढल्छ जस्तो देखिन्थ्यो । आज किन हो, बाबुलाई अलिक बढी असन्तुलित झैं भएको कुरा भाद्रुले पनि ठानेको छ ।
लास उठाए । सबै मलामी घाटतिर लागे । अलखनाथ पनि लठ्ठी टेकेर पछिपछि लाग्यो । लास बिसाएको एक छिनमा ऊ पनि पुग्यो । पुग्नासाथ ‘यता खन र उता खन १’ भनेर चिहान खन्ने ठाउँ देखाउँदै हतार लाउन थाल्यो । उसले आफ्नी आमाको चिहानको छेउमा ठाउँ रोजेर देखाउँदै भन्यो– “यहीँ खन १ यहीँ १ सासूबुहारी गफ गर्दै एकै ठाउँ बसून् १ यो सासूलाई खुब माया गर्थी १”
मलामीहरू पालैपालो खाडल खन्न थाले । अलखनाथ लासका छेउमा बसेर कर्कर् गरिरह्यो– “अब त मेरो मासु खान पाउँदिनस् नि, बुझिस् १ तँलाई दस फुट गहिरो खाडलमा पुरेपछि अनि स्वाद पाउँछेस् १ मलाई पिर गरेर १ ।।।” उसले खाडल खन्नेहरूलाई भन्यो– “खन १ छिटछिटो खन १ छिटोछिटो छोपिहाल्नु पर्छ यस पापीनीलाई १ ।।। लु लु १ भयो खाडल १ ए ठाकुर १ ल तिम्रो पुजाआजा के छ गर १ लु लु छोपिहाल्नु पर्छ यसलाई १ ।।। यसलाई छोपिसकेपछि अनि मात्र मलाई हलुङ हुन्छ १ मलाई शीतल हुन्छ १”
मलामीहरूले लास उठाए । उसले पनि हात लगाए झैं ग¥यो । लासलाई खाडल भित्र राखे । माटो दिए । सबै ‘हरिबोल १” कराए । ऊ पनि उच्चस्वरमा सँगसँगै ‘हरिबोल १’ करायो । माटो सबैले दिए । उसले पनि माटो दिँदै भन्यो– “दरो गरेर है १ यो फेरि निस्किन नसकोस् है १ यतापटि ।।। यतापटि ।।। अलिक थिचेर १ फेरि निस्की भने त फजिति हुन्छ १ निस्किन नपाओस् १ फेरि स्यालकुकुरहरू हाँस्छन् नि १ यसले मेरो बिजोक पार्छे १” ऊ बड्बडाइ रह्यो ।
मलामीहरू सबैले नुहाइधोइ गरे । सबै “हरिबोल १” कराए र घरतिर फर्कन लागे । भाद्रुको कपाल मुडियो । उसका गलामा धागो बाँधियो । अलखनाथ चुपचाप चिहान छेउ बसिरह्यो । उसलाई पनि नुहाउन धुन लगाइयो र हतेर्दै घर ल्याइयो । बिरेन र किसनलाले उसलाई हतेरेर नै घर ल्याइपु¥याए ।
बेलुका भयो । सबै जना आफ्ना आफ्ना घरका काममा लागे । भाद्रु शोकग्रस्त थियो र आज अनौठो बोध गरिरहेथ्यो । सधैं झैं आज मझेरीमा उसकी विमारी आमा थिइनन् । उसको बाबु छेउमा बसेर यो उ अन्ठसन्ठ कराइरहेका थिएनन् । उसलाई बाबुको सम्झना आउनासाथ बाबुको टहल गरेको त बाबु घरमा कतै भेटेन । उसले वल्लो घरमा खोज्यो, पल्लो घरमा खोज्यो तर बाबु गाउँमा कतै  भेटाएन । खोजखबर गर्दा बिरेनको छोरा मङ्गलुले भन्यो– “गाई वस्तु लिएर आउँदा लठ्ठी टेकेर उता खोलातिर जाँदै देखेँ १”
भाद्रु बाबुको खोजी गर्दै गर्दै आमालाई राखेकै ठाउँमा पुग्यो । जूनको मधुरो उज्यालोमा देख्यो आमाको चिहान छेउमा बाबु त टुव्रmुक्क बसि पो रहेको छ ए १ उसलाई बाबुदेखि रिस पनि उठ्यो, तर उसले केही पनि भन्नै नपाई बाबुले नै भन्न सुरु ग¥यो– “यस पापीनीले ठहरै पारी १ मरेर पनि मलाई दुख दिने नै परी । यस्तो जाडो छ १ न लुगा छन् यसका न कपडा छन् १ न आगो ताप्न नै पाउँछे १ यसले मेरो मासु खाई ।।। के गर्नु के गर्नु रु घरमा पुगेको ।।। यो त यस्ता जाडामा अब एकलै भई भनेर कस्तो पिर प¥यो १”
भाद्रुले बाबुलाई फकाइ फुल्याइ गरेर घरमा ल्यायो । गाउँका मानिसहरू फेरि भेला भए । अलखनाथ केही बोलेन । सुकेका गोबरका गुइँठाको आगो तापेर बस्यो ।
बिहान भयो । भाद्रुलाई १० दिनजति काम गर्न अनुमति थिएन । छोराछोरी चकचक गरिरहेका थिए । फेरि उसकी बहिनी चम्कीले बाबु त कतै नभएको जानकारी गराई ।
बेलुकाको दृश्य उसको आँखामा आयो । दौडेर ऊ आमाको चिहान भएको ठाउँमा पुग्यो । बाबु त चिहानको शिरपटि छेवैमा टुव्रmुक्क बसिरहेकै छ । रिसभन्दा बढी आश्चर्य लाग्यो उसलाई । ऊ पुग्नासाथ उसको बाबु बर्बराउन थाल्यो– “भाद्रु १ के गरुँ तेरी आमालाई रु तैँ भन् १ मलाई यस्तो दुखदिने १ मलाई त घरमा बस्नै नदिने परी तेरी आमाले १ ‘आछुछु आछुछु’ भनेकी छ । भोक लाग्यो भनेकी छ । ऐया र आत्था भनेकी छ । मैले के गरेर सकूँ रु यसलाई बरु ।।। १” उसका आँखामा आज अलिकति आँसु देखा परे । भाद्रुले बाबुका आँखामा आँसु छन् वा आँसु आउँछन् भन्ने कल्पनासम्म गरेको थिएन । उसको पनि भक्कानो फुट्न खोज्यो । उसलाई बाबुले होइन बाबुलाई उसले सम्झाउनु थियो, त्यसैले उसले आफूलाई समाल्यो ।
उसको फकाइबाट पनि बाबु टसकोमस भएन । भाद्रुले “घर जाऊँ १” भनी गरेको ढिपीको उत्तर पनि उसले दिएन । घुँडामा टाउको राखेर टुव्रmुक्क बसि नै रह्यो । जब छोराको ढिपीको पल्ला गरुङ्गो भयो, उसले भाद्रुलाई भन्यो– “मैले किन जानु घर अब रु मलामी बोलाइ दे १ मेरा लागि पनि यही तेरीआमाका छेउमा एउटा खाडल खन् १ ।।। गाउँमा मेरो को छ रु के छ अब रु म कसलाई गाली गरुँ खै रु कसलाई हप्काएर समय काटूँ रु कोसँग म आफ्ना मनका कुरा सुनाउँ रु” उसका आँखाभरि आँसुले पोखरी ढल्पलाए झैं भए । उसले आफूलाई नितान्त एकलो भएको बोध गरेको बुझियो ।
“हामी छौं नि १” भाद्रुले भन्यो तर उसलाई बाबुको यो अवस्थामा आफूले भनेको कुरामा कुनै वजन नभए झैं लाग्यो ।
मिति ः २०५०÷४÷३१

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: