अनुसन्धानका झापा प्रमुख मिश्रसहित ३ जनाविरुद्ध मुद्दा

  प्रकाशित मिति
२४ भाद्र २०७३, शुक्रबार १०:५७


pushparaj-mishra

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापामा कार्यरत प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्रसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान अधिकृत पुष्पराज मिश्र, जिल्ला कार्यालय पाँचथरको लेखाफाँटका तत्कालीन सहायक सूचक धनराज अधिकारी र उदयपुरमा सूचक पदमा कार्यरत प्रकाशकुमार राईविरुद्ध अख्तियारले विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

अनुसन्धान अधिकृत मिश्र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पाँचथर र उदयपुरमा कार्यालय प्रमुख हुँदा रिक्त दरबन्दीका कर्मचारीको तलबभत्ता तथा राशन वापतको रकम हिनामिना गरेको र अनुसन्धान अधिकृत पुष्पराज मिश्रलाई अधिकारी र राईले सघाएको अख्तियारको आरोप छ । मिश्र, अधिकारी र राई ले ४८ लाख १७ हजार ३ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ ।

यसैबीच, सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दा महोत्तरीको बथनाह गाविसका सचिव गुलाब चौधरी पक्राउ परेका छन् । गाविसको महिला समूहले भ्रमणका लागि लिएको १ लाख रुपैयाँ फस्र्यौट गर्न उनले १० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: