अनेरास्ववियू झापामा अनिल

  प्रकाशित मिति
८ माघ २०७६, बुधबार १९:३८


 

मेचीनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियू) झापाको संयोजकमा अनिल सुवेदी चयन भएका छन् ।

अनेरास्ववियूले सबै जिल्लामा संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएसँगै झापाको संयोजकमा सुवेदी चयन भएका हुन् । त्यस्तै, सहसंयोजकमा दुर्गा धमला चयन भएका छन् ।

अनेरास्ववियूको केन्द्रीय कमिटीले पूर्णता पाएसँगै ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक टुङ्गो लगाएको हो ।

अनेरास्ववियु केन्द्रीय कमिटीको पहिलो बैठकको जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको अनेरास्ववियुका संयोजक ऐन महराले बताए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर नेकपा बनेपछि उसका भातृ सङ्गठनहरुले पनि एकता गरिरहेको र त्यस अनुरुप अनेरास्ववियुको समेत एकता गरिएको सहसंयोजक रञ्जित तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: