अनौठा रामबाबु : पन्ध्र सालको मैदानमा काङ्ग्रेससँगै भिडन्त

  प्रकाशित मिति
२३ आश्विन २०७७, शुक्रबार २०:४१


झापा, २३ असोज । पुरानो पुस्ताका निष्ठावान काङ्ग्रेस नेता रामबाबु प्रसाईको राजनीतिक जीवनीबारे नयाँ पुस्ताका सबैलाई जानकारी नहुनसक्छ ।

युवा नेता विश्वप्रकाश शर्माको शब्दमा रामबाबुमा अलग्गै स्वाभाव, विचार र शैली थियो । उनी आफ्नो जमानाको क्रान्तिकारी थिए । अथाह जग्गा र सम्पत्ति भएर पनि उनले राजनीतिमा समाजबाद खोजे र त्यसकै प्रचारमा जीवन गुजारे ।

वि.सं. २०४८ को आठौं महाधिवेशन झापाको चन्द्रगढीमा भएको थियो । कलबलगुडीमा बन्द सत्र र रङ्गशालामा उद्घाटन समारोह भएको थियो । पार्टीका सभापति थिए किशुनजी अर्थात कृष्णप्रसाद भट्टराई ।

किशुनजी सभापति भएका बेला उनी पार्टीको केन्द्रीय कोषाध्यक्ष भए । उनी वि.सं. २०४४ मा पार्टीको झापा जिल्ला कार्य समितिको सभापति समेत भएका थिए ।

वि.सं. १९७८ माघ १५ गते जन्मेका उनले पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित जीवन भोगेका थिए ।

वि.सं. २०३३ पुस १६ गते मेलमिलापको नीति लिएर नेपाली काङ्ग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै प्रसाई पनि निर्वासनबाट स्वदेश फर्केका थिए ।

वि.सं. २०१५ को प्रथम आम निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उनले टिकट पाएनन् । उनी झापामा तराजु चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेद्वार बनेका थिए । त्यसबेला काङ्ग्रेसका उम्मेद्वार शनिश्चरेका फत्तेबहादुर बुढाथोकीले उनलाई पराजित गरेका थिए ।

पदमा आशक्ति नदेखाउने उनी चुनाव हारेपछि काङ्ग्रेसमा सक्रिय रहे । पार्टीलाई तन, मन र धन दिन्थे उनी ।

तर, नेपाली काङ्ग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटोतिर लागेपछि उनले पार्टीले बाटो बिराएको भन्दै काङ्ग्रेस परित्याग गरे । गिरिजाप्रसाद कोइरालासँग भने उनको मतभिन्नता थियो ।

उनका पत्नी, तीन छोराहरु टोरुप, डोजुप र गिसुप प्रसाई तथा दुई छोरी पनेखम र खेतिम छन् । उनले आफ्नो नाम समेत खनुपरुदे राखेका थिए भने आफ्ना छोराछोरीको नाम अनौठो राख्थे ।

उनको जेठा छोरा टोरुप प्रसाई विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सर्वाधिक लामो कार्यकालसम्म अध्यक्ष भए । उनी पूर्वाञ्चल दैनिकको प्रकाशन गर्ने श्रीअन्तु प्रकाशन प्रालिको अध्यक्ष भए ।

रामवावुको माइलो छोरा पाइलट र कान्छो डाक्टर छन् ।

उनी दानवीर समेत कहलिएका व्यक्ति हुन् । उनले करोड दान गरेर साहित्यिक गुठीसमेत स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: