लम्साल जोडी सम्मानित

  प्रकाशित मिति
१२ बैशाख २०७३, आईतवार १३:०१


lamsal godi

बिराटनगर १२ बैशाख । अन्तरजातिय बिबाह गरेर दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (बिश्वकर्मा) सम्मानित भएका छन् ।

एक्काइस बर्ष पहिले अन्तरजातीय प्रेम बिबाह गरेका लम्साल दम्पत्तीलाई नेपाल दलित समाज कल्याण संघ मोरङले आफनो आठौ अधिबेशनका क्रममा आइतबार बिराटनगरमा सम्मान गरेको हो ।

उनीहरुलाई दलित कल्याण संघका केन्द्रीय अध्यक्ष भक्त्त बिश्वकर्मा र मोरङका सिडिओ तोयम रायाले दोसल्ला, माला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

सोही अवसरमा स्नातोकोत्तर अध्यनरत दृष्टिबिहिन बिद्यार्थी मोरङ सिद्राहाका धिरेन्द्र बिश्वकर्मा र कटहरीकी समाजिक अभियन्ता मालती ऋषिदेबलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा दलित समाज कल्याण संघका केन्द्रीय अध्यक्ष भक्त्त बिश्वकर्माले नयाँ संबिधान बनिसक्दा पनि अझै जातिय छुवाछुत हटन नसकेकोले अब गैरदलित समुदायलाई छुवाछुत अन्त्यकालागि चेतना दिनुपर्नेमा जोड दिए ।

सिडिओ तोयम रायाले स्रोतसाधन नहुँदा स्थानीयस्तरमा सरकारले निर्माण गरेको दलित समिति सक्रिय हुन नसकेको बताए । गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य उमेश बिश्वकर्मा, त्रिलोक न्यौपाने, महिला अधिकारकर्मीहरु सञ्जु शाह, मौसम राइ, नेपाल दलित संघका मोरङ अध्यक्ष रामकुमार बिश्वकर्मा, परियार सेवा समाज बिराटनगरका अध्यक्ष सुर्य नेपाली र दलित कल्याण संघ मोरङका अध्यक्ष जीवन घतानी लगायतले अब व्यवहारिक रुपले नै छुवाछुत अन्त गर्न सबै लागिपर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: