महिला दिवस मनाउन छलफल

  प्रकाशित मिति
१६ फाल्गुन २०७४, बुधबार १९:५६


भद्रपुर । नजिकिरहेको १०८ औं अन्तर्राष्टिूय महिला दिवसलाई सफल र प्रभावकारी रुपमा मनाउने उद्देश्यले महिला तथा बालबालिका कार्यालय भद्रपुरले बुधबार विभिन्न संघसंस्थाहरुसँग जिल्लास्तरीय छलफल गरेको छ ।

संस्थाकी प्रमुख इन्दिरा ओझाको अध्यक्षमा सम्पन्न छलफलको प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उपाध्यक्ष कमला पराजुली रहेकी थिइन् ।
प्रमुख ओझाले यसपालीको अन्तर्राष्टिूय नारा ‘आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवन रुपान्तरण’ रहेको हुँदा सोही अनुरुप नै कार्यक्रम गर्न संघसंस्थाका प्रतिनिधिहरुलाई अनुरोध गरेकी थिइन् ।

उनले झापाका १५ वटै स्थानीय तहमा श्रमिक महिलाहरुलाई समेटेर कार्यक्रम गर्नका लागि पत्रचार समेत गर्ने बताइन् ।

कार्यक्रममा नेपाल बार एशोसिएसन, सञ्चारकर्मी, गैरसरकारी महासंघ, अन्तरपार्टी महिला सञ्जाल, मानव अधिकारका लागि महिला एकल महिला समूह, जिल्ला उपभोक्ता मञ्च, साना हातहरु नामक संस्था, विश्व सेवा विस्तार केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र, कारितास नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: