अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २५ लाख सहयोग

  प्रकाशित मिति
१२ श्रावण २०७७, सोमबार २१:४०


मेचीनगर । एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनिसँगै रहेकोे अभियानको साझेदारीमा कनकाई–४ कोटीहोम स्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

सोमबार बिर्तामोड स्थित अतिथि सदनमा आयोजित पीसीआर ल्याव स्थापनाका लागि सहयोग रकम हस्तान्तण कार्यक्रम मार्फत उक्त रकम अभियानलाई हस्तान्तरण गरिएको हो ।

समाजको विश्वका ४२ वटा देशमा आफ्नोे शाखा रहेको छ । तिनै शाखाका पदाधिकारी सदस्यहरुको सक्रियतामा उक्त रकम जम्मा गरी पीसीआर ल्यावको लागि प्रदान गरिएको बताईएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व केन्द्रिय सदस्य मोहन काजी, अभियन्ता शिवकुमार कडेल, अभियानका सह–संयोजक बस्नतेले अभियानको विगत र वर्तमानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन अभियन्ता नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

कोरोना सचेतनाका विधिलाई अवलम्बन गर्दै भौतिकदुरी, मास्क प्रयोगलाई अनिवार्य गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका कार्यालय सचिव मणिकुमार लिम्बुले स्वागत गरेका थिए ।

मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने बताउँदै उनले हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटी लगायतमा खर्च भएको संयोजक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: