सहकारी महिलाको वक्तृत्व प्रतियोगिता

  प्रकाशित मिति
१७ चैत्र २०७२, बुधबार ११:३७


20160330_143625

धुलाबारी । ‘सदस्यको व्यवसायिक अभियान मेचीनगर सहकारीको छुट्टै पहिचान’ भन्ने नाराका साथ मेचीनगरी बचत तथा ऋण सहकारी संस्थाले वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।

सहकारीकै सभाहलमा आयोजित अन्तर सहकारी महिला वक्तृत्वकला प्रतियोगितामा थोप्लेविरान कृषि सहकारी संस्थाकी अमृता चम्लागाई प्रथम भएकी छिन् । द्वितीय हुनेमा पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाकी पूजा सापकोटा रहेकी छिन् । त्यसैगरी तेस्रो हुनेमा हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाकी मीरा पोखरेल रहेकी छिन् ।

उनीहरुलाई कार्यव्रmमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य तथा क्षेत्रीय इन्चार्ज दुर्गा सापकोटा र संस्थाका अध्यक्ष कमल काफ्लेले व्रmमशः नगद २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यव्रmमका प्रमुख अतिथि सापकोटाले सहकारी क्षेत्रमा बढ्दै गएको दोहोर सदस्यतामा न्यूनीकरण गर्न यस्ता कार्यव्रmमले सहयोग पुग्ने बताए । उनले सहकारी संस्थाले पैसा किन्ने र बेच्ने मात्र काम नगरेर सहकारी सिद्धान्तलाई पालना गरी विभिन्न सामाजिक दायित्व पूरा गर्न वक्तृत्कला प्रतियोगिता पनि उपयुक्त हुने बताए । उनले सहकारीको मूल्य र मान्यता अंगीकार गर्दै अघि बढ्न समेत सहकारीहरुलाई आह्वान गरे ।

20160330_112505

सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरकी अध्यक्ष शारदा शर्माले महिला ससक्तिकरणको क्षेत्रमा वक्तृक्वकला प्रतियोगिताले ठूलो टेवा पुग्ने बताइन् ।

हाम्रो बहुउदेद्यीय सहकारी संस्थाकी महिला विभाग प्रमुख जानुका ओलीले सहकारी क्षेत्रमा महिलाको संख्या बृद्धि हुँदै गइरहेको बेला उनीहरुलाई संस्थाप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने बताइन् ।

धुलाबारी क्याम्पसकी शिक्षिका लीना भण्डारीले महिलालाई अध्ययन क्षेत्रमा व्रिmयाशील बनाउन पनि हाजिरीजवाफ तथा बक्तृत्कला प्रतियोगिता सहकारीमा उपयुक्त हुने बताइन् । सुम्निमा कृषि सहकारी संस्थाका अध्यक्ष बालकृष्ण थपलियाले महिलामा भएको प्रतिभालाई प्रस्फुटन गर्न यस्ता कार्यव्रmमले सहयोग पुग्ने बताए ।20160330_112522

कार्यव्रmममा मागुरमाडी सहकारी संस्थाकी अध्यक्ष दिलकुमारी राई, स्वाभिमानी कृषि सहकारी संस्थाकी सञ्चालक सदस्य विना चापागाई (भण्डारी), महालक्ष्मी कृषि सहकारी संस्थाकी प्रतिनिधि सुनिता भट्टराई, साहित्यकार विनोद खनाल, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यव्रmम सम्पन्न भएको थियो । अध्यक्ष काफ्लेले मेचीनगरमा रहेको विभिन्न सहकारी संस्थासँग भाइचाराको सम्बन्ध कायम गर्न तथा भावनात्मक सम्बन्ध स्थापित गर्नका लागि यो कार्यव्रmमको आयोजना गरेको बताए ।

संस्थाका सचिव सुमन गौतमले स्वागत तथा कार्यव्रmमको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन संस्थाकी महिला विभाग प्रमुख पुष्पा भण्डारीले गरेकी थिइन् । प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख अतिथि सापकोटा, साहित्यकार खनाल र पत्रकार भण्डारी रहेका थिए । 

प्रतियोगितामा मेचीनगरका ९ वटा सहकारी संस्थाको सहभागिता रहेको थियो । सहभागी हुने सहकारीहरुमा स्वाभिमानी कृषि सहकारी संस्था, गृहलक्ष्मी कृषि सहकारी संस्था,महालक्ष्मी कृषि सहकारी संस्था, मागुरमाडी साकोस, मेचीनगर साकोस र उपभोक्ता महिला कृषि सहकारी संस्थालगायतको सहभागिता रहेको थियो । सहभागी सहकारीका प्रतिनिधिहरुलाई ३ सय नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: