अन्तिममा उल्टियो नतिजा

  प्रकाशित मिति
१७ पुष २०७३, आईतवार ११:४२


काँकरभिट्टा । खेलको अन्तिम समयमा हिमालय शेर्पा टिमलाई उछिन्दै football-23 रमपम झापा–११ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदाना शनिवारबाट सुरु भएको उद्घाटन खेलमा हिमालयन शेर्पा एफसी काठमाडौँसँग २–१ ले पछि परेको झापाले नतिजालाई उल्टाउँदै जित निकालेको थियो । खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा पाएको पेनाल्टी सुटआउटलाई झापाले गोलपोष्टको दिशा निश्चित गरेका थियो । ९० मिनेटको निर्धारित समयमा २–२ को बराबरी भएपछि निर्णयका लागि मुख्य रेफ्री लव खत्रीले खेललाई सोझै ट्राइब्रेकरमा लगेका थिए । ट्राइब्रेकरमा झापाले ५–३ को गोल अन्तरले हिमालयनलाई पाखा लगाएको थियो ।

झापाका कप्तान योगेश गुरुङ, स्टाइकर कर्ण लिम्बू, बुद्ध चेम्जोङ, बुद्ध चेम्जोङ, रजनी धिमाल, डिफेन्स रवि थापा मगरले गोल गरेका थिए ।
हिमालयनका तर्फबाट कप्तान हेमन गुरुङ, स्टाइकर भूपाल गुरुङ र रुपेश केसीले गोल गरे । विदेशी खेलाडी मोसाले हानेको प्रहार गोलपोष्ट बाहिर गएपछि हिमालयन शेर्पाको काँकरभिट्टाको खेल यात्रा टुङ्गिएको थियो ।

फाइनल खेलको दावेदार मानिएको झापाले खेलको सुरुदेखि नै आव्रmमक खेल football-22प्रस्तुत गरेको थियो । खेलको २१ औँ मिनेटमा कर्णले २५ यार्डबाट दिएको पासमा कप्तान योगेश गुरुङ गोल गर्नबाट चुके । त्यसको लगत्तै अर्काे उत्कृष्ट बललाई स्टाइकर बुद्ध चेम्जोङले पनि गोल गर्न सकेनन् । कप्तान योगेशले वान भर्सेस वानमा गोल गर्न नसक्दा झापाली दर्शक स्तब्ध बनेका थिए । उनलाई बुद्धले पास दिएका थिए ।

खेलेको ३२ औँ मिनेटमा अर्काे सुनौलो अवसर पाएको थियो झापाले । त्यसमा पनि योगेश गुरुङ, कर्ण लिम्बू र बुद्ध चेम्जोङबिच कोर्डिनेशन हुन नसकेपछि हिमालयन गोल हुनबाट बचेको थियो । झापाले खेलको ३७ औँ मिनेटमा गोलको खडेरीलाई पुरा गर्दैे १–० को अग्रता लिएको थियो । कर्णले दिएको पासमा बुद्ध चेम्जोङले अनमार्क गर्दै पुजन उपरकोटीलाई व्याक पास दिएका थिए । उनले football-18ठूलो डि एरियाबाट प्रहार गरेको बललाई विपक्षीका गोलरक्षक किशोर गिरीले रोक्ने कुनै मौकै पाएनन् ।

पहिलो हाफसम्म एक गोलले अग्रता लिएर हौसिएको झापाले रक्षात्मक खेलको रणनीति ल्याएर दोस्रो हाफमा मैदान छिरेको थियो । तर, खेलको ६४ औँ मिनेटमा झापाका विदेशी खेलाडी पिटरले फल्ड गरेपछि हिमालयनले फ्रिकिकको मौका पाएको थियो । हिमालयनका कप्तान हेमन गुरुङले २८ यार्डबाट हानेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो ।

त्यसको २ मिनेट पनि बित्न नपाउँदै फेरी पिटरको हेण्डबल हुन पुग्यो । हिमालयनका कप्तान हेमनले हानेको फ्रिकिकलाई झापाका डिभेन्डर रवि थापा मगरले बचाउन खोजेपनि आत्माघाती गोल भएपछि झापा २–१ ले पछि परेको थियो ।

रजनी धिमालले हानेको प्रहारलाई हिमालयनका गोलरक्षक किशोर गिरीले उत्कृष्ट रुपा बचाएका थिए । हिमालयनका मोसाले हेण्ड गरेपछि झापाले फ्रिकिको मौका पाएको थियो । उक्त फ्रिकिकलाई रजनीले प्रहार गरे हिमालयनको दर्बिलो रक्षात्मक पङ्कितका कारण गोल हुन सकेन ।
हिमालयनले पनि झापामाथि बारम्बार आव्रmमण गरेको थियो । रुपेश गिरीले हानेको प्रहारमा झापाका गोलरक्षक मनोज प्रधान बाधक बने । खेलको ८५ औँ मिनेटमा हिमालयनका रुपेश केसीले हानेको प्रहारलाई झापाका डिफेन्डर देवेन्द्र तामाङले गोलपोष्टको नजिकबाट उत्कृष्ट बचाएका थिए । खेलको अन्तिम ८८ औँ मिनेटमा झापाले कर्नर किकको मौका पाएको थियो । झापाले हानेको कर्नरलाई क्लियर गर्दा ठूलो डिएरियाभित्र हिमालयनका मोसाको हेण्डबल भएको थियो । हेण्डबलपछि पाएको पेनाल्टी सुटआउटमा कप्तान योगेश गुरुङले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए । खेलको अन्तिम समयमा पाएको यहि मौकाले झापाले हार हुनबाट बचेको थियो ।

खेलको म्यान अफ द म्याच हिमालयनका हेमन गुरुङ भए । उनलाई मेची नेत्रालयबाट प्रदान गरिएको ५ हजार नगद र ट्रफ्रीसहित नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरे र कालीबहादुर गण चारआलीका प्रमुख सेनानी खेमनारायण पौडेलले प्रदान गरेका थिए । आइतवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र ब्लु आर्मी सिलोङ भारतबीच हुने आयोजकका सचिव लाक्पा तामाङले बताए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: