‘अन्तिम आन्दोलनमा उत्रिएका छौँ’

  प्रकाशित मिति
६ भाद्र २०७३, सोमबार ११:२२


tea gardenसम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार !
म झापा जिल्लामा बस्ने, जीवनयापनको लागि चिया खेती गर्ने साना चिया किसान हुँ । चिया खेतीमा २०५७ सालमा प्रवेश गरी चिया व्यवसाय सुरु गर्न थालेदेखि नै साना चिया किसानको हरियो चिया पत्तिको मूल्यमा भएको ठाडो शोषण र ठगीको बिरुद्धमा कारखाना मालिकहरू र तिनका कमिशनमा बाँचेका मतियारहरूसँग आफ्ना न्यायिक हक अधिकार प्राप्त गर्न भएका बाध्यात्मक सङ्घर्ष र आन्दोलनहरूमा उठ्दै, पछारिदै, लड्दै, बढ्दै, घिस्रिदै, आइरहेको छु । सहनु पनि हँुदैन । बरु सकुञ्जेल लड्नु पर्छ भन्ने मान्यता शिरमा बोकेर ढिपी गर्ने जिद्दी नेपाली छोरा हुँ !

बिगत १६ बर्षदेखि न्यायिक हक, अधिकार प्राप्तिको लागि साना चिया किसानहरूको बैधानिक सङ्घले चलाएको नारा जुलुस, धर्ना, घेराबारा, आमरण अनसन जस्ता सबै प्रकारका शान्तिपूर्ण न्यायिक आन्दोलनमा प्रत्यक्ष संलग्न भई न्यायको आवाज उठाउँदै आएकोले झापाली किसानको चिया आन्दोलनको सव्रिmय सहयोद्धा, सिपाही हुँ भनेर परिचय दिन गर्व ठान्ने स्वाभिमानी नेपाली नागरिक हुँ ।

सम्माननीय प्रमंज्यू,
देशमा हाल भइरहेको, चलिरहेको सहमतिको राजनीतिक सहकार्यले समग्र देशमा के कस्तो प्रभाव असर परेको छ, त्यसको लेखा जोखा, विश्लेषण गर्न आफ्नै दक्षता, क्षमताका कारणले अनभिज्ञ छु । जान्न, बुझ्न, बहस छलफल गर्न व्यवसायिक बाध्यताहरूले असमर्थ छु । तर, यो सहमति, संयन्त्र नामका राजनीतिक खेलहरूले हाम्रो चिया व्यवसाय आव्रmान्त बनेको छ । जीवनमा बिहान बेलुकाको दुई गाँसको ब्यवस्था ढुक्कले गर्न सकिन्छ कि भन्ने सपना बोकेर ५ कठ्ठा, १० कठ्ठा, १ बिगाह, २ बिगाह जग्गामा चिया खेती सुरु गर्ने हामी चिया किसानहरूका सपना मात्र चकनाचुर बनाएन समग्र हाम्रा जीवन र ब्यवसाय भताभुङ्ग बनाएको छ ।

यो खेल सुरु हुन अघि बरु हाम्रा न्यायिक आवाजहरू केही सुनुवाइ भएको थियो । केही हाम्रा ठगिएको, लुटिएको हक अधिकारहरू प्राप्त भएका थिए । तर, २०६५ पछि त यो खेलको आडमा चिया माफियाहरूले मच्चाएको ब्रम्हलुटले हामीलाई आफू ठगिएको, चुसिएको, लुटिएको नाङ्गो ताण्डवको मुकदर्शक रमिते बनाएर समाजमा हाँस्यास्पद र खिल्लीका पात्रहरू बनाइएका छौँ ।

purna karkiहाम्रा अवस्थाहरू यति दयनीय र भयावह पारिएका छन् कि, सङ्गठन, एकता र त्यसका महत्वहरूलाई राम्ररी भोगेर जानेका बुझेका हामी चिया किसानहरू, पैसा र सत्ता शक्तिको डर त्रासले, दिग्भ्रमित पारिएका छौँ । आफूमाथि अपराध गर्ने मुख्य अपराधीहरूको प्रष्ट पहिचान भइसक्दा पनि तिनीहरू बिरुद्ध आवाज उठाउनुको सट्टा अब जे गरे पनि न्याय पाउन सक्दैनौँ भन्ने कुण्ठाले ग्रसित भएर आफ्ना कुण्ठा र निराशालाई लुकाउन, छुपाउन आफू आफैँमा एक अर्का बिरुद्ध झिना मसिना गल्ती, कमि कमजोरी कोट्याएर तर्क, कुतर्क गर्दै अनावश्यक बादविवादमा अल्मलिएर, रणभुल्ल जीवन बाँच्न बाध्य बनाइएका छौँ ।

एकातिर शोषण र ठगीले पुर्याएको आर्थिक क्षति, अर्को तर्फ बाध्यात्मक आन्दोलनले दिएको थप आर्थिक क्षति तथा सामाजिक, मानसिक दवाव र तनावले पुर्याउने क्षति जसको बारेमा हामीले के व्याख्या विश्लेषण गर्नु र ? अन्याय, अत्याचार, शोषण र ठगीलगायत समाजमा व्याप्त बिकृति, बिसङ्गति बिरुद्धका न्यायपूर्ण सङ्घर्ष, आन्दोलन, जनआन्दोलन र जनयुद्धको लामो यात्राका यात्री तपाईं आफै जानकार हुनुहुन्छ भन्ने मेरो ठहर छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू
यिनै यथार्थहरूले हाम्रो व्यावसायिक जीवन सङ्कटग्रस्त बनेर जीवन मरणको दोसाँधमा पुगेको छ । चियाका बोटहरूका बिज्ञान सिकेर, बुझेर आफ्नो ब्यवसायको उन्नति र प्रगतिमा लाउनु पर्ने तन, मन, धन अनावश्यक बाध्यात्मक आन्दोलनका कार्यनीति, रणनीतिमा खर्चेर सकिनसकी घिस्रिरहेका छौँ । अब हामीसँग शान्तिपूर्ण आन्दोलन गर्ने विधि प्रव्रिmयाका कार्यव्रmम र ताकत धेरै बाँकी छैनन् ।
हामी चिया ब्यवसायमा स्थापित हुन चाहन्छौ, चियाका बोटहरूसँग पौंठेजोरी खेल्दै, स्वाभिमानी व्यवसाय गर्न चाहन्छौ । त्यसकारण अन्तिमपल्ट न्यायको गुहार गर्दै मिति ०७३÷४ ÷२३ गतेमा कृषि मन्त्रीज्यू समक्ष ज्ञापनपत्र पेश गरी निर्णायक न्यायिक आन्दोलनमा उत्रेका छौँ । हाम्रा न्यायिक मागहरू पूरा गरिदिन तथा राष्ट्रकै आर्थिक मेरुदण्ड बन्नसक्ने, पूर्वी नेपाल तथा सम्पूर्ण नेपालको गौरव बन्न सक्ने विशुद्ध स्वदेशी चिया व्यवसाय बचाउन अनुरोध गर्दछु ।

पूर्ण कार्की
साना किसान चिया उत्पादक संघ झापा

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ भदौ ६ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: