डाइबेटिक मेलिटस (मधुमेह अर्थात चिनी रोग) शरीरमा कार्बोहाइड्रेटको पाचनको लागि चाहिने इन्सुलीन नामक हर्मोन उपयोग हुन नसक्दा लाग्ने गर्दछ । इन्सुलीन नामक हर्मोनलाई बिसेल अफ पेनक्रीयटिक इस्लेटले बनाउँछ ।
डाइबेटिक मेलिटस (मधुमेह) अर्थात चिनीरोग एउटा मेटाबोलिक डिसअडर हो । मधुमेह लाग्दा प्रायः रगत र पिसाबमा चिनी अर्थात ग्लुकोजको मात्रा सामान्य भन्दा बढी हुन्छ ।
लक्ष्णहरु प्रायः
· तिर्खा बढी लाग्ने
· भोख बढी लाग्ने
· मुख सुख्खा भइराख्ने
· पिसाब बढी लाग्ने
· दुब्लो हुँदै जाने
· थकावट महसुस हुने
· घाउहरु चाँडै निको नहुने
· धमिलो देखिने
कम्पील्केसनहरुमा प्रायः आँखा, मृगौला, मुटु र स्नायु प्रणालीलाई असर पु¥याउने गर्दछ ।
डाइबेटिक रेटिनोपेथी
डाइबेटिकले गर्दा आँखाको रेटिना (पर्दा) मा जटिल असर परी सुन्निने भई आँखाको ज्योति कम हुँदै जानु नै डाइबेटिक रेटिनोपेथी हो ।
डाइबेटिक रेटिनोपेथीका प्रकारः
१. नन् प्रोलिफराटी नन् प्रोलिफराट डाइबेटिक रेटिनोपेथी ।
२. प्रोलिफराटी डाइबेटिक रेटिनोपेथी ।
३. विकसित मुलुकहरुमा अन्धोपनको एक प्रमुख कारण नै डाइबेटिक रेटिनोपेथी हो । २०१५ को तथ्याङ्कहरुको अनुसार विश्वभरमा ४१५ मिलियन मानिसहरुमा मधुमेह रोग देखिएको छ ।
जसमा ०.४ मिलयन व्यक्तिहरु मधुमेहले गर्दा अन्धो भएका छन्, जुन विश्वको कुल अन्धोपनको झण्डै ५% हो र २.० मिलियनलाई सामान्यदेखि अत्यधिक डाइबेटिक रेटिनोपेथीले दृष्टि क्षमतामा कमी आएको देखिन्छ ।
नेपालमा कुल जनसङ्ख्याको करिब ४% मानिसलाई मधुमेह रोग लागेको छ भने त्यसमध्ये करिब २०% लाई डाइबेटिक रेटिनोपेथी रोग लागेको देखिएको छ ।
डाइबेटिक रेटिनोपेथीमा आँखाको पर्दा अर्थात रेटिनाको रक्तनलीहरु ठाउँ–ठाउँमा फुल्ने र फुट्ने भई रक्तश्राव हुन्छ । दृष्टि पर्दामा रक्त प्रवाहमा कमी भई आफै नयाँ रक्तनलीहरु बन्छ । जुन धेरै कमजोर हुन्छ र आफै फुट्छ ।
दृष्टि पर्दाको अति संवेदनशील भाग माकुला र अप्टीभ न्भर्स हेडमा सुजन हुन गई आँखाको देख्ने क्षमता नै गुमन जान्छ ।
डाइबेटिक रेटिनोपेथी भएको कसरी थाहा पाउने ?
· दृष्टि कमी हुनु
· आँखाको गेडा अगाडि भुसुना उडे जस्तो महसुस हुनु
· कुनै वस्तुको आकृति हेर्दा बीचमा कालो धब्बा देखिनु
· अध्यारोमा हिँड्न गाह्रो महसुस हुनु
· आँखा अगाडि टिलिक टिलिक बत्ती बल्नु
डाइबेटिक रेटिनोपेथी हुने सम्भावित व्यक्तिहरु
· १० वर्षभन्दा बढी मधुमेह भएका बिरामीहरु
· उच्च रक्तचापका बिरामीहरु
· उच्च कोलस्ट्रोल भएका बिरामीहरु
· मद्यपान गर्ने व्यक्तिहरु
· धुम्रपान गर्ने व्यक्तिहरु
· अटो इमून डीसअडर भएका बिरामीहरु
· वंशाणुगत मधुमेह भएका व्यक्तिहरु
· गेस्टेटाइनल डाइबेटिक भएका महिलाहरु
यस रोगबाट बच्ने तथा रोकथामका उपायहरु
· स्वस्थ जीवनशैली अपनाउने
· खानपिनमा ध्यान दिने
· दैनिक शारीरिक व्यायाम गर्ने
· उच्च रक्तचाप नियन्त्रण गर्ने
· धुम्रपान र मद्यपान नगर्ने
· मधुमेह भएका व्यक्तिले रक्तचाप कन्ट्रोल गर्ने
· सामान्य व्यक्तिले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ तथा प्रत्येक ६÷६ महिनामा आँखा जाँच गराउनुपर्छ ।
· मधुमेह भएका व्यक्तिले आँखा ३÷३ महिनामा जाँच गर्नुपर्छ ।
इन्भीगेसन्
जेनरल बडी चेकअप
बल्ड सुगर
ओरल ग्लुकोज टोलरेनस टेस्ट
ग्लेक्यट हेमोग्लोबिन लिपिड प्रोफाइल
युरीय क्रेटानाइन
माइक्रोअल्बेनिमिरीय
आइ चेकअप
डाइलेटेड फन्डस कपी
फन्डस फोटोग्राफी
ओ.सी.टी
एच.एफ.ए
एच.आर.टी
उपचार पद्धतिहरु
१ स्क्रीनिङ अफ डाइबेटिक रेटिनोपेथी
मधुमेह भएका व्यक्तिले हरेक ३÷३ महिनामा आँखा रोग विशेषज्ञसँग आँखाको परीक्षण गराउनु पर्दछ ।
२. मेडिकल ट्रिटमेन्ट डाइबेटिक मेलिटसको नियन्त्रण
३. लेजर–यो एक प्रकारको विद्युतीय विकीरणद्वारा गरिने उपचार पद्धति हो ।
४. इन्जेक्सन
५. शल्यक्रिया
डाइबेटिक रेटिनोपेथीबाट हुन सक्ने खतराहरु
आँखाको देख्ने क्षमताको कमी हुनु
अन्धो हुनु
भिट्रोस हेमरेज
ट्रेक्सनल रेटिनल डिटाचमेन्ट
रेटिनल डिटाचमेन्ट
मधुमेहका कारण आँखामा पर्ने असरहरु
· जलविन्दु र मोतिविन्दु छिटो हुने
· आँखाकोे पावर छिटो–छिटो बदलिनु
· आँखाको मांशपेसी कमजोर भई टेडो वा बाङ्गो हुने
· परेला तल झर्नु
· दृष्टि कमी हुँदै दृष्टिविहीन हुनु
· आँखाको पर्दामा सुजन हुनु
· आँखामा रगत जम्नु
(लेखक मेची नेत्रालय आँखा अस्पतालमा कार्यरत छन् ।)