अन्योल अन्त्य गर्न ताजा जनादेश आवश्यक : थापा

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार २०:५७


।। बिजय बराल ।।
दमक, ८ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् विघटनले संबैधानिक जटिलता निम्त्याए तापनि सबैखालका अन्योल अन्त्य गर्न ताजा जनादेश उपयुक्त विकल्प भएको बताएका छन् ।

दमकबाट गौरीगञ्जसम्म आज आयोजित मोटरसाइकल र्यालीपछि भएको सभामा बोल्दै उनले अहिले भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्ताबादी प्रवृत्ति बढेको बताए ।

उनले सबै बेथिति अनत्य गर्न ताजा जनादेश विकल्प हुने जनाउँदै अभिभावकको रुपमा मात्र राजसंस्था आवश्यक भएको दावी गरे ।

उनले कम्युनिस्ट पार्टीभित्रको द्वन्द्व देशको सर्वोपरि हित र राष्ट्र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको लागि भएको टिप्पणी गरे ।

सोही कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा राप्रपा स्थापित भइसकेको दावी गरे ।

सो अवसरमा राप्रपाका नेताहरू राम थापा, टेकनारायण राजबंशी, अम्बर बिष्ट, बासुदेब भट्टराई, बाबुराजा श्रेष्ठलगायतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: