अन्वेषणको पहिलो दिन

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १६:१५


cover‘टु बी अ साइन्टिस मिन्स ह्याविङ द इन्क्यारी माइन्ड’ अर्थात एउटा अन्वेषकले मस्तिष्क प्रश्नहरूले भर्नु पर्छ । वास्तवमा सत्य पनि यही रहेछ । प्राध्यापनको १४–१५ वर्षपछि मैले अनुसन्धान सुरु गरेँ । प्राध्यापन कार्य र एकाडेमिक करियरलाई बढाउन पीएचडी गनुपर्छ भन्ने लाग्यो ।
पीएचडी गर्न शोध निर्देशकका रुपमा उमाकान्त राय यादवलाई अनुरोध गरेँ । उहाँले स्वीकार गर्नु भयो । लिम्नोलोजीको क्षेत्र सीमित थियो, पानीमा पाइने जलीय माइक्रो अर्गानिजम भन्छ, त्यो माछाहरूको खाद्य पदार्थ हो । यसलाई जु प्लान्टस् पनि भनिन्छ । त्यसैका विषयमा अध्ययन गर्ने भएँ । तर, त्यति बेला फिसेरी सम्बन्धी धेरै डेभलप पनि भइसकेकाले खासै त्यसको महत्व देखिएन । तर, अनुसन्धानको विषयमा अलग मोड त्यति बेला आयो, जब मेरो भेट जर्मन सरिसृपविद् हर्मन स्लाइससँग भयो । उहाँले नेपालबाट कसैले सरिसृप विषयमा शोध गर्छ भने म गाइड गर्छु भन्नुभयो । यो प्रस्ताव विश्वविद्यालयका डीनमार्फत नै आयो । त्यो थाहा पाएपछि शोधको शीर्षक नै बदलेँ ।

सरिसृप शास्त्रमा नेपालमै शोध गरेको कोही थिएन । यदि मैले गरेँ भने मै पहिलो व्यक्ति हुने भएँ भनेर त्यतातर्फ लागेँ । भ्यागुता, कछुवा, छेपारो, सर्प, गोही आदिको नामै सुन्दा तर्सिन्छन् मान्छे । मैले यसैमा शोध गर्ने भनेपछि प्रोफेसर स्लाइसले ‘साँच्चै सक्छौँ’ भने । मैले ‘सक्छु’ भने । एकदम दृढ हुनुप¥यो, फिल्डमा हिड्नु प¥यो, फिल्डमा साँच्चै गर्नु पर्छ भन्नु भयो । म पनि गाइड गर्छु भन्नु भयो । मैले सकेसम्म कोशिस गर्ने वचनवद्धता व्यक्त गरेँ ।

अनुसन्धान सुरु गर्नु अघि मेरै मैले लाइफस्टाइल नै परिवर्तन गर्नुप¥यो । अनुसन्धान कस्तो होला भन्ने कौतुहलता थियो । जर्मन प्रोफेसरले एकदिन ‘ट्रायलमा जाउँ’ भन्दै भन्नुभयो–‘बेलुकातिर सरिसृप सक्रिय हुन्छन् ।’ बेलुका जाने कुराले मन खिन्न भयो, कसरी हिड्नु राति भनेर । हामी हिड्यौँ । अनुसन्धानको पहिलो दिन थियो यो ।

भदौँ–असोजको महिनाको रातिको समय थियो । हामी अनुसन्धानमा निस्कियौँ । म प्रोफेसर स्लाइसको पछिपछि भ्यागुता खोज्न टर्च बोकेर हिडेँ, आमाको पछिपछि बच्चा हिडेँ जसरी । जहाँ–जहाँ पानीको आहाल हुन्थ्यो, प्रोफेसर स्लाइस छप्ल्याङ छप्ल्याङ त्यहीँ पस्नु हुन्थ्यो । र, भ्यागुता समात्दै त्यसको व्याख्या गर्न थाल्नु हुन्थ्यो । मेरो घरदेखि भद्रपुर विमानस्थलसम्ममा उहाँले ११ प्रजातिका भ्यागुता समात्नु भयो । मैले तरिका सिकेँ । सर्प पनि भेटायौँ ।

फर्किदा पिपलको रुखमा केही टल्किरहेको जस्तो देख्यौँ । त्यो रुखमा पाइने भ्यागुता रहेछ । झिलिमिली र रङ्गीचङ्गी भ्यागुता । उहाँले सर्भे गर्ने तरिका सिकाउनु भयो । त्यो पहिलो दिन कपडाको झोलामा १ दर्जन प्रजातिका भ्यागुता बोकेर हामी घर फर्कियौँ ।

अनुसन्धानका क्रममा नेपालमा ५६ प्रजातिका सरिसृप भेटिएका थिए । पूर्वाञ्चलमा २०–२२ वटा जति पाइने अनुमान थियो । तर, मैले पूर्वमै ४४ वटा प्रजाति फेला पारेँ । ६ वटा नयाँ प्रजाति भेटेँ । ३ प्रजातिका सर्प, ३ प्रजातिका कछुवा पनि फेला परेँ । अनुसन्धानकै क्रममा ६ वटा प्रजातिको रिपोर्टिङ मैले गरेँ । जसमा पेल्टीमारीमा भेटिएको आकाशे भ्यागुता अर्थात स्पाराथिका रोल्यान्दी, माइक्रो राइला रुब्रा, कलौला टाप्रोबानिका, राना निग्रु भिटाटा अर्थात कालो अस्कोटे भ्यागुता, स्कुटिर नेपालेन्सिस, न्यानो राना पाटेनागिन्सिस अर्थात पाटे औँले हिमाली भ्यागुता आदिको नेपाली नामाकरण गरिएको छ । यी सबै सरिसृपको बासस्थान सिमसार हो ।

मैले सरिसृपको अनवेषणमा एउटा माइलस्टोन खडा गरेको छु । अर्को माइलस्टोन खडा गर्नका लागि कोही त अघि सरुन् भन्ने म चाहन्छु । त्यस्तो शोधार्थीलाई सघाउने मेरो इच्छा पनि छ । शनिश्चरे सालवाडीको सहिद स्मृति पार्कको विशाल पोखरी र कछुवा संरक्षण केन्द्र मेरै सोचको परिणाम हुन् । मोरङको वेतना सिमसारमा पनि संरक्षणका विषयमा सल्लाह दिइरहेको छु ।

प्रकृतिको संरक्षण गर्ने कार्य सिमसारले गर्छ । सिमसारले सबै फोहोर लिएर स्वच्छता प्रदान गर्छ । तर, केही दशकयता घातक विषादीको प्रयोगले धेरै जलचर लोप हुने स्थितिमा पुगेका छन् । मानिस निर्दयी भएर प्रकृतिको दोहन गरिरहेको छ । प्रकृति पनि प्रतिकूल भएर मानिसलाई दण्डित गरिरहेको छ । त्यसैले जङ्गल विस्तार गर्ने, बिरुवा रोप्ने आदि कार्य गर्नु पर्छ । हरेक गाउँमा दुई–चार हेक्टर क्षेत्रफलमा जङ्गल बढाउनु पर्छ । पर्यावरण संरक्षण गर्न हरित बोटबिरुवा लगाउनु पर्छ । यो दायित्व हाम्रै हो ।

(भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका प्रोफेसर डा. खम्बु सरिसृपमा पीएचडी गर्ने नेपालकै एक मात्र जीव बैज्ञानिक हुन् ।)

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: