अपराधीलाई कारवाही गरियोस्

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार ०६:१२


mira phokharelक्रान्ति अर्थ परिवर्तन पनि हो । नेपालमा समय समयमा भएका क्रान्तिले कार्यशैलमिा केही सकारात्मक नल्याएका पनि हैनन । तर, अपरिवर्तनशील दिमागका उपजहरुले व्रmुरताको नग्नतालाई पराकाष्ठामा पुर्याएका खबर पनि सनसनी भइरहेको छ । अझ धर्मको नामबाट चलाइने आधारहीन विधानलाई संशोधन गर्ने कता हो भएका पनि सुन्न नमान्ने नरपशुका व्यवहारबाट उत्पीडनको सीमाकाटी अस्थिरपञ्जर समेतमा आधिकारको धावा बोल्ने यी बाजहरु जतिसुकै बेला झम्टन सक्छन् र अस्तित्व निमिट्यान्न पार्न पनि सक्छन् ।

विश्वका धेरै देशमा धर्मकै आडमा शासकहरुले राज्य गरेको पनि पाइन्छ । तर, आज शासनको व्रmुरताको कारण सहने क्षमताको बाँध फुटेपछि परिवर्तनको खाका कोर्न पीडितहरु सक्षम भएका छन् जसको फलस्वरुप राज्यले धेरै विकास गरी जनजीवन स्तरमाथि उठ्न गई आत्मनिर्भरताका साथै अन्यलाई पनि रोजगार दिन सफल भएका छन् । यसले आत्मसम्मानमा पनि विकास हुन जान्छ । तर, हाम्रो देशमा भएका परिवर्तनले किन आत्मसम्मानलाई माथि उठाउन नसकी ठेस मात्र पुर्याउन खोजिन्छ । मानौ मान्छे जन्माउन त मान्छेकै हातमा रहेछ यद्यपि सास हाल्न नसके पनि । तर, मृत्यु त मान्छेका हातको कुरा हैन होला । समयले खेलेको खेलमा मान्छेको जीत भएको कहाँ छ ? विधवा हुन कसलाई रहर छ र, हुन्छ होला र ? दोष पनि उनको के ? तर शास्त्रमा हुँदै नभएको आडम्बरी भावनालाई बोकेर राज्यको सर्वोत्म पदको मधेशीहरुले धज्जी उडाएका छन् । मानवताको उपहास गरेका छन्, कानुनको पनि खिल्ली उडाएका छन् । यदि कानुन छ भने त्यस्ता आडम्बरी नरपशुलाई किन कारवाही हुँदैन ?

‘हामी कल्पना गर्न सक्छौ देशको शक्तिसम्पन्न उच्च ओहोदालाई यिनीहरुले यसरी अव्यहारिक र असभ्य व्यवहार प्रस्तुत गरे भने आफ्ना घरमा भएका विधवा आमा, हजुरआमा, विधवा दिदी बहिनी, भाउजु बुहारीलाई कस्तो व्यवहार गरेका होलान् ? कति यातना दिएर तड्पाइरहेको होलान् । धर्मको नाममा यति ठूलो पापको लेखा जोखा गरी न्याय कसले दिने र कहिले ।’

राजा दशरथको मृत्युपछि ३ वटी रानी विधवा भए तर उनीहरुले दरबार छोड्नु परेन । राजा मानदेवको मृत्युपछि रानी मायावतीले सती जाने परम्परालाई त्यागेर छोराको नायवी लिएर राज्य चलाइन । त्यस्तै जयस्थितिमल्लले पनि आफ्नी आमाको थर प्राप्त गरे । राजेन्द्र लक्ष्मीले प्रतापसिंह शाहको मृत्युपछि सती नगई राज्य सञ्चालनमा अघि बढ्नि । यतिसम्मकी ससुरा पृथ्वीनारायण शाहको राज्य एकीकरणमा समेत सघाउँदै राज्यको सीमा बढाइन । उनी पनि विधवा नै थिइन् । इन्दिरा गान्धीले भारतको राज्यशासनमा विधवा भए पनि कुशलतालाई उच्च शिखरमा पुर्याएको इतिहास साक्षी छ । शास्त्रमा हुँदै नभएका कुराहरु झिकेर त्यसैलाई आधारमानी सम्पूर्ण विधवा वा एकल माहिलाहरुको मात्र नभएर अपराधको मुद्दा चलाएर तुरुन्त कारवाही गरियोस् र न्याय अनि कानुनको आभाष गराई सम्पूर्ण नारी वर्गको सम्मान गरियोस् ।

शास्त्रमा त शक्तिका स्रोत नारी हुन् भनी पूजा गरिएको छ । ज्ञान वा विधाको स्रोत अनि धन दौलतकी स्रोत भन्दै उच्च सम्मान दिइएको छ । त्यस्तै सम्मानित पद आज हामी नेपाली महिलाको प्रतिनिधित्व गर्दै आदरणीय (विद्या भण्डारी) एकल महिलाले प्राप्त गर्न सफल हुनुभएकोमा सम्पूर्ण एकल महिला तथा नेपाली महिलाहरुको तर्फबाट हार्दिक कृतज्ञता तथा बधाई ज्ञापन गर्दछु । नेपाली महिलाको गरिमालाई ठेस पुर्याउने र मन्दिर जस्तो पवित्र स्थानलाई आफ्नो मात्र पकडमा राखी एकाधिकार जमाउन खोज्ने यी नरपशुको व्यवहारप्रति सम्पूर्ण महिलाको तर्फबाट घोर भत्सर्ना गर्दछौं र सरकार समक्ष कानुनी कारवाहीको माग पनि गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: