अपराध बढाउने मेलमिलाप : गर्भ रहे जिम्मा लिने, नरहे माफी पाउने रे

  प्रकाशित मिति
१२ आश्विन २०७७, सोमबार १२:१०


अभियुक्त राजेन्द्र बोहोरा र उनले अर्को बलात्कारको घटनामा छुट पाएको मेलमिलापको लिखत ।

झापा, १२ असोज । एउटी बालिकाको बलात्कार हुँदा मेलमिलापको नाममा छुट पाएका अभियुक्तले बझाङमा १२ वर्षीया सम्झना विश्वकर्माको हत्या गरेको घटनाले मुलुक तरङ्गित बनेको छ ।

बझाङ मष्टा गाउँपालिका–२ की सम्झनालाई मन्दिर परिसरमा बलात्कार पछि सुइरोले रोपेर हत्या गरिएको थियो । हत्यामा संलग्न २० वर्षीय राजेन्द्र बोहोरा पक्राउ परिसकेका छन् ।

अभियुक्त बोहोराले गत साउनमा अर्की १३ वर्षीया बालिकालाई समेत बलात्कार गरेको खुलासा भएको छ । त्यो अपराधलाई मेलमिलापमा मिलाए लगत्तै अभियुक्तको आपरधिक मनोवल बढेको देखिएको छ ।

बोहोराले त्यसबेला बलात्कार स्वीकार गर्दै समाजले गरिदिएको मेलमिलाप अनुसार ५ सय रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले मिलापत्रले अभियुक्तको अपराध गर्ने मानसिकताले प्रोत्साहन पाएको बताएका छन् ।

बालिकाको गर्भ रहे त्यसको जिम्मा बोहोराले लिने भन्ने कागज गराइएको थियो ।

‘त्यो बेला उनीमाथि कारबाही भएको भए यस्तो जघन्य अपराध हुने थिएन । पहिलो पटक घटना मिलाएपछि अपराधीको मनोबल बढेको हो’ सिंह भन्छन्, ‘घटना मिलाउनेहरुलाई पनि अब कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: