अपरिचितको छटपटी

  प्रकाशित मिति
४ भाद्र २०७३, शनिबार १३:१०


27 gyanendra niraula
मानिस त्यसकारणले मानिस भएको हुन्छ कि ऊ भित्र मानविय संवेदनशीलता हुन्छ । तर, २०७३ भदौ २ गतेको एउटा घटनाले मानवीय संवेदनाको खिल्ली उठाएको छ । त्यसैले पनि यो साताको आफ्नो आलेखमा त्यही घटनाको चर्चा गर्न मन लाग्यो । प्रसङ्गवश मेरा मित्र तथा धुलावारी जेसीजका अध्यक्ष लिलाप्रसाद भण्डारीसँग बिहान ११ बजेतिर फोनमा कुरा भयो । त्यसव्रmममा उहाँले कमलनगर जेसीजको कार्यव्रmममा सहभागी हुन त्यसतर्फ जान अनुरोध गर्नुभयो । फोनमा नै भएको सल्लाह अनुसार हामी दिउँसो करिव १ः२० तिर धुलावारी चोकबाट केर्खातिरको यात्राका लागि लिलाजी कै मोटरसाइकलमा सवार भयौँ ।

करिव २ बज्न लागेको थिया,े हामी झापाको धरमपुर चोकभन्दा ५० मिटर पूर्व पुगेका थियौँ, सडकको उत्तरतर्फ एउटा पुरुष सडकमा लडिरहेको छ । उ रक्ताम्य भएको छ । छेउमा एउटा सेतो रङको स्कुटी पनि दुर्घटना भएको अवस्थामा देखियो । केही मानिस ती व्यक्तिलाई हेरिरहेको पनि देखियो । मैले सोधेँ– के भएको हो ? रमिते समुहबाट एकजनाले भने– बसले हिर्कायो र मान्छे म¥यो । लिलाजीले तत्कालै मोटरसाइकल सडकको दक्षिणपट्टि रोक्नु भयो । हामी दुईजना ती पुरुष लडिरहेकोतर्फ पुगेर हे¥यौँ । उनको श्वासप्रश्वास राम्रै चलिरहेको थियो, अनि हामीले मान्छे जिउँदै छ अस्पताल लैजाऔँ मान्छे बाँच्छ भनेर स्थानीयसँग गुहार माग्यौँ । तर, अचम्म सडकको दक्षिणपट्टि लहरै घर छन्, अलि पर धरमपुर चोक छ, थुप्रै मानिस पनि त्यहाँ थिए । तर, कसैले ती अपरिचित घाइतेलाई अस्पताल पु¥याउन चासो देखाएनन् । किन हो त्यो कारण खोज्नतिर मन गएन ।

लिलाजी ती मान्छेलाई अस्पताल पु¥याउन सवारीसाधन रोक्नतिर लाग्नु भयो र म त्यहीबेला प्रहरीलाई खबर गर्न लागेँ । त्यति बेलासम्म सडकमा अरु केही मानिस पनि जम्मा भइसकेका थिए । यात्रीकै सहयोगमा हामीले एउटा सुमो गाडी रोकेर ती घाइतेलाई त्यसमा राख्दै थियौँ, प्रहरीको एउटा टोली पनि आइपुग्यो र हामीले घाइतेका साथमा प्रहरीका एक जवानलाई अस्पताल पठायौँ । त्यसपछि सायद अलि हलुका महसुस भएछ क्यार मेरो ध्यान त्यो स्कुटीतिर गयो । त्यति बेला मात्र थाहा भयो कि स्कुटी भारतीय नम्बर प्लेटको रहेछ । मैले त्यसको नम्बर प्लेट देखिने गरी पछाडी पट्टिबाट फोटो खिचेँ । फोटो खिच्ने व्रmममा देखिएको स्कुटीको नम्बर ध्द्यठद्धब् न्डटटज्ञ थियो । स्कुटीको अगाडिको भाग कस्तो थियो, त्यो हेर्नतिर लागिएन । हामी कार्यव्रmममा हिँडेका थियौँ । त्यसैले हतारमा थियौंँ । मोटरसाइकल चढ्न लाग्दा लिलाजीको सर्टमा रगत लागेको देखियो, हातमा पनि रगत लागेको रहेछ अनि लिलाजी त्यो रगत सफा गर्न नजिकैको घरतिर लाग्नु भयो र म भने त्यहाँ भेटिएका एकजना स्थानीयसँग सोधखोज गर्न लागेँ । मैले जिज्ञासा राखे किन ती मान्छेलाई अस्पताल पु¥याउन स्थानीयले चासो नदिएको हो ? उनको जवाफ सुनेर आङ जिरिङ्ग भयो । उनले भने– त्यो मरिसकेको छ के अस्पताल लानु नि । हामी त पुलिस पर्खेर बसेका थियौँ  ।

उनको कुरा सुनेर मलाई त एक प्रकारको डर लाग्यो । लाग्यो कि जिउँदै भएको मान्छेको उपचारका लागि पहल नगरी उसको मृत्यु पर्खेर बस्ने त हाम्रो संस्कार थिएन । अनि हामी त्यति संवेदनहीन पनि त भएका छैनौँ होला नि ? कि सडकमा हिँंडिरहेको यात्री दुर्घटनामा परेर घाइते हुँदा सम्म हाम्रो आत्मा त्यसको उपचारका लागि जागृत हुँदैन ? त्यत्तिकैमा लिलाजीले मोटरसाइल स्टार्ट गर्नुभयो र हामी गन्तव्यतिर लाग्यौँ । त्यसपछिको यात्रामा हामीबिच त्यही बिषयमा कुरा भयो । किन यस्तो अमानवीयता प्रदर्शन गरे त धरमपुरका स्थानीयले ? यसको कारण सडक दुर्घटनामा सहयोग गर्दा अनावश्यक झन्झटमा फँसिन्छ भन्ने गलत सोचले थिचेकै हो त धरमपुरबासीलाई ? यस्तै–यस्तै प्रश्नले हामी दुवैलाई घेरिरह्यो । ती अपरिचित घाइतेका आफन्तसँग सम्पर्क स्थापित गर्न सजिलो होस् भनेर मैले तत्कालै त्यो स्कुटीको नम्बर देखिने फोटो फेसबुकमा राखेंँ ।

सोच्दैछु, दैनिक यात्रा मोटरसाइकलमा नै हुन्छ । म मात्र होइन, अहिले के गाउँ के सहर, के वयस्क के युवा सबैको पहिलो रोजाइ बनेको मोटरसाइकलमा यात्रा गर्दा कुनै दिन दुर्घटना हुँदा त सहयोग नपाएर सडकमै छटपटिएर मरिने पो रहेछ जस्तो लाग्यो । धरमपुरवासीको यसमा कति दोष छ, त्यो मैले केलाउन खोजेको होइन । तर, सत्य चाँहि के हो भने राज्यले जनचेतना नफैलाएका कारण पनि मानिस यसरी संवेदनहीन हुँदै गइरहेको छ । राज्य पटक–पटक सडक सुरक्षाका बारेमा ठुला गफ गर्छ । काम भने माख्खो मारेको छैन ।

सडक दुर्घटनामा परेकालाई सहयोग गर्दा अनावश्यक प्रहरी प्रशासनको झमेलामा फँसिन्छ भन्ने भ्रमसम्म त आममानिसको मनबाट हटाउन नसक्ने राज्यले गरेको सडक सुरक्षाको कुरा कसरी पत्याउनु ? त्यसैले सडक दुर्घटना हुँदा पहिलो उद्धारकर्ता भनेका सडक छेउका स्थानीय नै हुन् । उनीहरुमा जनचेतना फैलाऔँ । उनीहरुलाई भन कि तपाईंहरुको सहयोगले अकालमा मर्नबाट मानिस जोगिन्छ । अनि यो पनि भन कि दुर्घटना परेकालाई सहयोग गर्दैमा कसैले पनि प्रहरी प्रशासनको झमेला व्यहोर्नु पर्दैन, अनि मात्र सडक सुरक्षामा केही प्रगति होला ।

अर्कोतर्फ अनावश्यक भ्रम पालेर मानवीय संवेदना नै गुमाएर घाइतेलाई उपचारमा तदारुकता देखाउनुको साटो उसको मृत्यु पर्खनुले नेपालीले विश्वमा पहिचान बनाएको भाइचाराको सम्बन्धलाई खण्डित बनाउनतर्फ नलागौँ । सबै मिली सडक दुर्घटनामा परेकालाई जहाँ कहीँ देख्नुहुन्छ, सकेको सहयोग गरौँ र सडक दुर्घटनाबाट ज्यान गुमाउने सङ्ख्यालाई कम गराउन आ–आफ्नो तर्फबाट योगदान पु¥याऔँ । ती अपरिचित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: