अपाङ्गता भएर पनि व्यावसायिक तरकारी खेती

  प्रकाशित मिति
२२ श्रावण २०७३, शनिबार १४:३४


tarkari

मोरङ, २२ साउन । अपाङ्ता भएर पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन मोरङका रुपलाल उराव । उनको शारीरिक रुपमा तन्दुरुस्त नभए पनि आफूलाई त्यस्तो महसुस नभएको बताउँछन । उनी मोरङको झोराहाटका नमुना किसानको रुपमा परिचित छन् । व्यावसायिक रुपमा तरकारीखेती सुरु गरेका उनले त्यति धेरै भएको छैन ।

तर व्यावसायिक तरकारी खेती गरेर मनग्ये आम्दानी गर्न सफल छन् । शारिरिक रुपमा तरकारीखेती गर्न केही कठिनाइ भए पनि आफूलाई अपाङ्गता भएको महसुस गर्नुहुदैँन । अन्य जत्तिकै उनी पनि खेतबारीमा समय दिने गर्छन् ।

बिहान उठेदेखि अबेर साँझसम्म पनि उनी खेतमै भेटिन्छन् । उनको बारीमा अहिले रायो साग, फूलकोभी, बन्दा, बैगुन भेटिन्छन् । तरकारीका विरुवा पनि उनले उत्पादन गर्छन् । उनी भन्छन्, ‘पहिले व्यावसायिक खेती गर्न सकेको थिइन, अहिले पूरै व्यावसायिक भएको छु ।’ पहिले घरायसी प्रयोजनका लागि मात्रै उनले तरकारी लगाउने गरेका छन् । धेरैतिर रोजगारीका लागि चहारे पनि कतै सफल नभएपछि उनले तरकारी खेतीमा लाग्ने सोच बनाएका हुन् ।

उनी विगत सम्झदै भन्छन्,‘अपाङ्गलाई किन पैसा दिनु पछि फर्कने पनि हैन ।’ भित्रै बिझ्ने गरी व्यवहार गरेको अहिले पनि झल्झल्ली आउने गरेको उरावले सुनाए । पछि उनलाई जिल्ला कृषि विकास कार्यालय मोरङ र बहुउद्देश्यीय विकास व्यवस्थापन सेवा नेपाल (एमडीएमएस) ले सहयोग गर्ने भएपछि उनले पाँच कठ्ठामा व्यावसायिक खेती सुरु गरे ।

खेतीबाट राम्रै आम्दानी हुनथालेपछि उनले अहिले १२ कठ्ठामा तरकारीखेती गरिरहेका छन् । उनलाई खेतीको काममा श्रीमती र छोरीले सहयोग गर्ने गरेका छन् । खेतीको कामबाट कहिल्यै पनि थकानको महसुस आफूले नगरेको उनी बताउँछन् । अन्य जस्तो त काम गर्न नसकुला तर सवलाङ्ग भन्दा कम नभएको प्रमाणित गरेर देखाएको उनले बताए । सुरु सुरुका दिनमा वार्षिक रु ५० हजार आम्दानी हुने गरेपनि गतवर्ष रु एक लाख ५० हजार आम्दानी गर्न सफल भएको उनले बताए ।

तरकारी सँगसँगै कुखुरापालन पनि सुरु गर्न लागेका छन् । यसका लागि उनले फर्म तयार गरिसकेका छन् । केही दिनभित्र चल्ला हाल्ने तयारी गरेको उनले सुनाए ।

व्यावसायिक तरकारीखेती सुरु गरेपछि दुई छोरी र एउटा छोरोलाई राम्रोसँग पठनपाठन गराउन सकेको उरावको भनाइ छ । एउटी छोरी भारतमा अध्ययनरत छिन् ।

सुरु सुरुमा आफन्त र छिमेकीले विश्वास नगरेको र कुरा काट्दै हिँडेपनि अहिले उनीहरुको मुख बन्द भएकोमा गौरव लाग्ने गरेको उनले सुनाए । उनी भन्छन्,‘अवसर पाउँदा अपाङ्गता भएकाले पनि गर्नसक्छन् भनेर देखाएको छु ।’ उनको बारीमा तरकारीले उत्पादन दिन सुरु गर्ने वित्तिकै उपभोक्ता घरसम्मनै आउने गरेका छन् ।

अर्गानिक तरकारी लगाउने र विषादीको प्रयोग नभएपछि धेरैको ध्यान आफ्नो तरकारीमा तान्न सफल भएको उनले बताए । उनलाई प्राविधिक सहयोग, गाविस र एमडीएमएसले गर्दै आएको छ ।
उनको मेहेनत देखेर अरु किसान पनि प्रभावित हुने गरेको एमडीएमएसका कार्यक्रम संयोजक मित्र राईले बताए । उनको तरकारीबारी हेरेर धेरैजना प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: