अपाङ्ग बालबालिकालाई किताब–कापी र नगद

  प्रकाशित मिति
९ भाद्र २०७४, शुक्रबार १३:१०


बिर्तामोड ।  वीरता जेसीज बिर्तामोडले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकालाई  किताब–कापी र आर्थिक सहयोग प्रदान गरेको छ ।
शुक्रबार उक्त केन्द्रमा आयोजित कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत् १० बालबालिकालाई किताब–कापी, कलमका साथ ५ हजार २ सय रुपैयाँ प्रदान गरिएको हो । जेसीजका अध्यक्ष सञ्जु भारतीले उक्त सामग्री र नगद त्यहाँका शिक्षक ढुण्डीराज कोइरालालाई प्रदान गरेका थिए ।
किताब–कापी वीरता जेसीजका कोषाध्यक्ष मिकी कार्कीको पहलमा जुटाइएको हो । कार्कीले सो अवसरमा दश वर्षसम्म निरन्तर त्यहाँका बालबालिकाहरु पढ्ने किताब आफ्नोतर्फबाट उपलब्ध गराउने घोषणा समेत गरे । त्यहाँ अध्ययनरत् बालबालिकाको किताब–कापी च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको पाइएपछि वीरता जेसीजले सहयोग पुर्याएको हो ।
जेसीजका अध्यक्ष भारतीले अन्य संघ–संस्था र दाताहरुलाई समेत अपाङ्ग बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक खानपिनमा सहयोग गर्न आग्रह गरे । अहिले दैनिक साग–सब्जी खाने पैसा समेत नरहेको बताउँदै शिक्षक कोइरालाले भने– ‘अब दशैं आउँदैछ, यी बालबालिकालाई कपडा र मिठा खानेकुरा कसरी जुटाउने भन्ने विषयले हामी चिन्तित छौं ।’
जेसीजका अध्यक्ष भारतीले आगामी दिनमा पनि आफूहरुले सक्दो सहयोग गर्ने बताउँदै मानवताको सेवाका लागि अरुलाई पनि सहयोगका लागि आह्वान गरे ।
महासचिव जीवन खड्काले सञ्चालन गरेको कार्यक्रममा जेसीजका तालिम संयोजक एकराज गिरी, विकास बस्नेत, सञ्जय राजवंशी, सञ्जिव घिमिरे लगायतले अपाङ्ग बालबालिकाको हितका लागि सरोकारवालाले दिर्घकालीन रुपमा सोच्नुपर्ने कुरामा जोड दिए ।
त्यहाँ अध्यापन गराउने शिक्षक कोइराला घैलाडुब्बाबाट करिब डेढ घण्टा साइकल चलाएर पुग्ने गरेका छन् । आफू पनि अपाङ्ग भएकाले बोर्डिङ्ग स्कूलको जागिर छोडेर अपाङ्ग बालबालिकाको शिक्षाका लागि समर्पित भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: