‘अपाचे’को नयाँ भर्सन विर्तामोडमा सार्वजनिक

  प्रकाशित मिति
१५ असार २०७९, बुधबार १०:२४


बिर्तामोड, १५ असार । जगदम्बा मोटर्स कम्पनीले १० उत्कृष्ट डिलरहरुमार्फत टीभीएस अपाचे आरटीआर १६० फोर भी आरटीएफआई मोटरसाइकल बजारमा ल्याएको छ ।

दश उत्कृष्ट डिलर मध्येको एक बिर्तामोडस्थित पाथीभरा अटो लिंकले एक कार्यक्रमका बीच नयाँ प्रविधि जडित उक्त मोटरसाईकल सार्वजनिक गरेको छ ।

पाथीभरा अटो लिंकमा आयोजित कार्यक्रमका बीच उद्योग बाणिज्य संघ विर्तामोडका बरिष्ठ उपाध्यक्ष एवम् प्रमुख अतिथि राजु न्यौपाने, नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष तथा विशेष अतिथि इन्दु पूर्वेलीले संयुक्त रुपमा मोटरसाईकल सार्वजनिक गरे ।

उक्त मोटरसाइकलमा ५० देखि ५२ किलोमिटरसम्म माइलेज दिने थ्री राइड मोडहरु (रेन, अर्वन र स्पोर्ट) जस्ता वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु रहेको जगदम्बा मोटर्सका रिजनल म्यानेजर तीर्थ रिजालले जानकारी दिए ।

पाथीभरा अटो लिंकका प्रोपाइटर याम कार्कीले उत्कृष्ट फिचरहरुले भरिपूर्ण उक्त मोटरसाइकलमा मोवाइल जडान गर्न सकिने र त्यसमार्फत आफ्नो गन्तव्यको लोकेशन तथा गाडीको सुरक्षा समेत गर्न सकिने जानकारी दिए ।

मोटरसाईकल सार्वजनिक गर्दै प्रमुख अतिथि न्यौपानेले धुवाँरहित गाडी बजारको माग रहेको उल्लेख गर्दै टीभीएसका गाडीहरु जनमानसले रुचाएको चर्चा गरे ।

नयाँ मोडेल र उत्कृष्ट फिचर रहेको र मजबुत उक्त मोटरसाइकल युवाहरुको रोजाईमा पर्ने विश्वास व्यक्त गर्दै न्यौपानेले पहाडी भेगमा समेत गुड्न सक्ने तान क्षमता रहेकोले यसको भरपुर उपयोग गर्न युवालाई आह््वान समेत गरे ।

भारतीय मोटर कम्पनी टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपालमा १३७ वटा डिलर २०० बढि सेवा तथा स्पेयर्स पार्टस स्टेशनहरुको राष्ट्रव्यापी सञ्जाल बनाएको पाथीभरा अटो लिंकका सेल्स मेन सुदिप पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: