अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, ९२० को मृत्यु

  प्रकाशित मिति
८ असार २०७९, बुधबार १६:४६


भत्किएका घरमा पुरिएका मान्छे खोज्दै स्थानीय ।

झापा, ८ असार । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
उद्धारकार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक र घाइतेको संख्या बढ्ने बताएका छन् ।

उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।

त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: