‘अफर आयो भने तयार छु’

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ०६:४५


kris picभर्खरै उमेरले २५ पुगेका धनन्जय गनगाई साथीभाइ माझ ‘कृष’ नामले चिनिन्छन् । प्लस टु को अध्ययन पश्चात मेची भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा जागिरे भएका उनको शारीरिक सुगठनमा ज्यादै लगाव थियो । पढाइसँगै जीम धाएका उनले शरीर जति फुर्तिलो र आकर्षक बनाए, त्यति नै अध्ययन र मोडलिङमा पनि ध्यान दिदै आएका छन् ।

बिर्तामोड निवासी उनी सूर्यनारायण तथा रेणुकादेवी गनगाईका कान्छो सुपुत्र हुन् । सानै उमेरबाट आफ्नो शरीर बनाउने रहर बोकेका उनी फुर्सदको समयमा व्यायामशाला (जिम) पुगिहाल्थे ।

विर्तामोडको भद्रपुर रोडस्थित फिटनेस वल्र्डमा एक कुशल प्रशिक्षकको रुपमा कार्यरत भएका उनी जीवनको सबैभन्दा ठूलो सम्पत्ति नै स्वस्थ शरीर हो भन्छन् । मान्छेहरूको भीडमा उनी सिनेमाको हिरो जस्तो देखिन्छन् । धेरैले उनलाई देख्दा कुनै फेमस मोडल वा सिनेमाको हिरो हो कि भन्ने सोच्छन् ।

सिनेमामा रोल पाए अवसरको सदुपयोग गर्ने भित्री सोचाइ बनाएका कृषले अहिलै आफै जीमखाना सञ्चालनमा ल्याएका छन् । यसै वर्षबाट उनले सोह्र लाख बराबरको लगानीमा कृषिथोक रोडस्थित षोडसी कम्प्लेक्समा फिट एन्ड फाइन द हेल्थ क्लब सञ्चालनमा ल्याएका छन् ।

कलाकारितातर्फ भन्ने हो भने एकदर्जन भन्दा बढी म्यूजिक भिडियो तथा ग्ल्यामरस नेपालको आयोजनामा भएको एक दर्जन भन्दा बढी फेसन शोमा आफ्नो सहभागिता जनाइसकेका उनले द्वन्द्व, नृत्य र अभिनयको प्रशिक्षण पनि लिइसकेका छन् । भन्छन्–‘सिनेमाको अफर आयो भने अब तयार छु ।’
(प्रस्तुतिः अर्जुनकुमार श्रेष्ठ)

…………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: