अफ्रिकाको बाख्रा झापामा

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार ११:५९


clk|msfsf] afv|f g]kfndf emfkf uf]nwfk uflj;l:yt k|ult af]o/ afv|fkfng kmfd{df blIf0f clk|msfaf6 ? ;ft nfv gf} xhf/ vr{ u/]/ NofOPsf b'O{ yfg af]o/ afv||fsf] b}lgs #)) b]lv $)) u|fd tf}n a9b5 . tl:a/ M df]xDdb ;b?n, eb|k'/, /f;;

भद्रपुर । जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरमा युवा लक्षित कार्यव्रmम अन्तरगत ६७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।

पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्रवर्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई दुई लाखदेखि तिन लाख रुपैयाँसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डा. माधव दाहालको नेतृत्वमा शनिवार गरिएको अनुगमन तथा निरीक्षणबाट देखिएको हो ।

अनुगमनमा सहायक प्रजिअ गोविन्द सापकोटा, प्रमुख वन अधिकृत बोधराज सुवेदी, कोष अधिकृत दिनेश पोखरेल, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, महिला विकास अधिकृत इन्दिरा ओझा, पशुसेवा कार्यालयका डा कुमार खत्री र रासस मेची अञ्चल कार्यालयका प्रमुख मोहम्मद सदरुल लगायत सहभागी थिए ।

अनुगमनका व्रmममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सञ्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट सात लाख नौ हजार रुपैयाँ खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन् । दैनिक ३ सय देखि ४ सयग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए ।

उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल वातावरण नभए पनि विस्तारै अनुकूल हँुदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिनेछ । यसैगरी गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवर्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट तिन लाख रुपैयाँ अनुदान पाएका परियोजना सञ्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल भएका छन् ।

दैनिक २ सय २५ लिटर दूध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट ९० हजार थप अनुदान प्राप्त भएको थियो । पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यावसायिक एवम् सुदृढ बनाइने सिटौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: