अबको पाँच महिनामा मेची पुल बन्ला !

  प्रकाशित मिति
२६ जेष्ठ २०७४, शुक्रबार १२:२०


भद्रपुर । भारतको गलगलिया जोड्ने बहुचर्चित मेची पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विसं.२०६६ माघ २१ गते तत्कालीन यातायात तथा भौतिक योजना निर्माण मन्त्री विजयकुमार गच्छदारले तीन वर्षभित्रमा पूरा गर्ने सर्तमा शिलान्यास गरेको पुल निर्माणको ९५ प्रतिसत काम पूरा भइसकेको छ ।

पुल निर्माणमा आवश्यक १७ वटा पिलरमध्ये १५ वटा पिलरको निर्माण कार्य पूरा भइसकेको र बाँकी दुईवटा पिलरलाई रि– डिजाइन गर्न विभागबाटै रोकिएकाले केही वर्ष ढिलो भएको इन्जिनियर सुरेन्द्र खतिवडाले बताए । रोकिएको पिलर रि–डिजाइन प्रकृयासमेत विभागबाट स्वीकृत भई आइसकेकाले अब निर्माण कार्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए ।

रि–डिजाइन भएका पिलर उठाउन मात्र एक महिना लाग्ने भएकाले अबको ५ महिनाभित्रमा सम्पूर्ण कार्य पूरा भइसक्ने खतिवडाले दाबी गरे । हालसम्म २ वटा पिलरबाहेक अरु सबैमा स्ल्याव राखिसक्नुका साथै रेलिङ, पोस्टलगायतका सबै कार्य पूरा भइसकेका छन् । दैनिक ४० जना मजदुर निर्माण कार्यमा खटिरहेको कम्पनीले जनाएको छ ।

अनक सूर्य जेभी कन्ट्रक्सन धरानले शिलान्यास भएको ३ वर्ष भित्रमा ३३ करोड ४७ लाख रुपैयाँको लागतमा सक्ने गरी ठेक्का लिएको पुल निर्माण कार्य ठेकेदारकै लापरवाहीका कारण हालसम्म पूरा हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: