अब धुलावारीको नेबैंलिमा कर दाखिलाको सुबिधा

  प्रकाशित मिति
२६ माघ २०७७, सोमबार १५:४९


मेचीनगर, २६ माघ । धुलावारीस्थित नेपाल बैंक लिमिटेडले अबदेखि सरकारी कर तथा राजस्व बुझ्ने भएको छ ।

मुलुककै पुरानो बजारको रुपमा रहेको धुलावारीमा नेपाल बैंक लिमिटेडको स्थापना भएको दशकौं भइसके तापनि त्यहाँबाट राजस्व जम्मा हुने व्यवस्था थिएन ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर र मेची चेम्बर अफ कमर्सको पहलमा आज बैंकको व्यवस्थापन समूहसँग कुराकानी गरी राजस्व बुझ्ने व्यवस्था मिलाइएको चेम्बरका अध्यक्ष ललित बोहोराले बताए ।

यस अघि धुलावारी क्षेत्रका करदाताले विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजस्व बुझाउनु पथ्र्यो ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बैंकले राजस्व जम्माको सुविधा दिएपछि स्थानीय करदाता लाभान्वित हुने बताए ।

प्रमुख कर अधिकृत श्रेष्ठ र चेम्बरका अध्यक्ष बोहोरासहितको टोलीले आज बैंकका प्रबन्धक कृष्ण नेपाललाई भेटघाट गरेको थियो ।

चेम्बरसँग मिलेर आन्तरिक राजस्व कार्यालयले आजै धुलावारीमा घुम्ती दर्ता शिविर तथा कर शिक्षा कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: