अब पाँच हजार दिनेभयो एनएमसीले निर्ब्याजी सापटी

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार ११:०८


मेचीनगर, २५ चैत । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले लकडाउनको अवधि बढेसँगै आफ्ना सदस्यहरुलाई आर्थिक सङ्कट हुन नदिन निब्र्याजी सापटी रकम बढाएर ५ हजार रपैयाँ पुर्याएको छ ।

यसअघि सदस्यलाई २ हजार रुपैयाँ सापटी दिने निर्णय गरेको सो सहकारीको सञ्चालक समितिका उपलब्ध पदाधिकारीहरुको मङ्गलवार विहान काँकरभिट्टामा बसेको बैठकले सापटीको दायरा बढाउने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले लकडाउनको अवधि बढेर बैशाख ३ गते पुगेपछि आफ्ना सदस्यहरुलाई राहत माग्न अन्यत्र जान नपरोस् भनेर एनएमसी आफैले निब्र्याजी सापटी बढाएर ५ हजार रुपैयाँ पुर्याउने निर्णय गरेको जानकारी दिए । एनएमसीमा ८३००० सदस्य रहेका छन् ।

संस्थाले सदस्यहरुलाई आफ्नो निक्षेप खातामा रहेको बचत रकम निकाल्ने र कर्जा लिने सुविधा दिइरहेको छ । जोसँग खातामा रकम जम्मा छैन, उसका लागि सापटी अवधारणा लागू गरिएको अध्यक्ष उप्रेती बताउँछन् ।

यसैगरी, एनएमसीले कोरोना महाव्याधीले चौतर्फी सङ्कट निम्तिरहेको बेला विपन्न समुदायलाई राहत दिन सहयोग पुगोस् भनेर झापाका नगरपालिका र गाउँपालिकाहरुलाई चामल दिने निर्णय गरेको छ ।

मेचीनगर र विर्तामोडलाई ४० क्वीन्टलका दरले र अन्य पालिकाहरुलाई २० क्वीन्टलका दरले चामल एनएमसीले सहयोग दिने भएको हो ।

संस्थाले विषम परिस्थितिमा समेत काममा खटिएका आफ्ना कर्मचारीहरुलाई हौसला प्रदान गर्दै कम्तीमा ४ घण्टा काम गरेका कर्मचारीलाई एक दिन बराबरको अतिरिक्ति तलब दिने निर्णय गरेको अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् । एनएमसीमा ६५० कर्मचारी कार्यरत छन् ।

बैठक अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: