अब बीएण्डसीमा बिना चिरफार टाउकोको शल्यक्रिया

  प्रकाशित मिति
१९ आश्विन २०७८, मंगलवार २०:५७


झापा, १९ असोज । बिर्तामोडको बीएण्डसी अस्पतालले टाउकोको बिना चिरफार उपचार सुरु गरेको छ ।
बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको टाउकोको नशा सम्बन्धी जटिल समस्या बिना चिरफार उपचार गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलो पटक बीएण्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

अस्पतालकी डा.करुणा ताम्राकार कार्कीले अब बिना चिरफार हामी टाउकोको जटिल समस्याहरु समाधान गर्ने बताइन् । डा. ताम्राकार र डा.दिनेश थापाको टिमले सोहि विधिबाट १२ वटा सफल उपचार गरिसकेको जानकारी दिईएको छ ।

डा. ताम्राकारले हरेक ५० जना मध्ये १ जनालाई टाउकोको समस्या देखिन थालेको बताइन् ।

‘टाउको भित्रको समस्या देखिँदैन, उनले भनिन्– ‘समस्या जटिल भएपछि मात्रै विरामीहरु आउने गरेका छन् । असाध्यै टाउको दुख्यो भने पनि नशाको समस्या हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: