अब मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार २०:२०


भद्रपुर, २३ असोज । मेची अस्पताल भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमकाबिच मेची अस्पतालको सिटी स्क्यान सेवा र अक्सिजन प्लान्टको समेत उद्घाटन गरेका हुन् ।

प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.टंकप्रसाद बाराकोटीले बताए ।

मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउकोमा चोट लागेका वा अन्य टाउकाको समस्या भएका बिरामीलाई अन्यत्र रेफर गर्नु पर्ने बाध्यताको अन्त्य भएको डा.बाराकोटीले जानकारी दिए ।

त्यस्तै दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सेवा सुचारु भएपछि कोभिड वा नन–कोभिड भएका विरामीलाई चाहिने अक्सिजनको समस्या पनि टरेको उनको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको सभापतित्व र सामाजिक विकास मन्त्री साम्सोहाङ्गको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदहरू वसन्त बानियाँ, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिका उपमेयर चन्द्रामाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: