अब यस्तो हुन्छ

  प्रकाशित मिति
३० असार २०७३, बिहीबार १५:०४


prachanda netaझापा । संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले नयाँ सरकार गठनका लागि नेकपा (माओबादी केन्द्र)लाई समर्थन गरिसकेपछि अबको केही दिनमै पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित छ ।

माओबादीले नौ महिने सहकार्य अन्त्य गर्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकार छाड्ने निर्णय लिइसकेकाले प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका छन् ।

यही अवस्थामा ओलीले संसद्को फेस गर्ने भनेको पद नछाड्ने भन्ने बुझिनु हुन्न । किनकि, संसद्मा गइसकेपछि ओलीले बहुमत गुमाउने पक्का छ ।

संसद्मा अहिले ३० दल र एक स्वतन्त्र गरी ५ सय ९४ जना सांसद् छन् । काङ्ग्रेसका २ सय ७ जना सांसद् छन् भने एमालेका १ सय ८२, माओवादी केन्द्रका ८२, राप्रपा नेपालका २५, सङ्घीय समाजवादी फोरम नेपालका १५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२ र तराईमधेस लोकतान्त्रिक पार्टीका ११ सांसद छन् ।

सद्भावना पार्टीका ६, मालेका ५, नेमकिपाका ४, तराईमधेस सद्भावना पार्टीका ३, राष्ट्रिय जनमोर्चा नेपालका ३, नेकपा (संयुक्त) का ३, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३ सांसद छन् । नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी र थरुहट तराई पार्टीका २–२ जना तथा बहुजन शक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाः पार्टी, नेपाल सद्भावना पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेसी समता पार्टी, दलित जनजाति पार्टी नेपालका १–१ सांसद् छन् । एकजना भने स्वतन्त्र सांसद् छन् ।

संसद्मा रहेका ३० दलमध्ये काङ्ग्रेसले पुष्पकमल दाहालको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्ने भएकाले दाहालसँग २ सय ८९ सांसद् हुनेछन् । बहुमत पुग्नका लागि यो अझै ८ मतले अपुग हुनेछ । तर नयाँ सत्ता गठबन्धनमा सामेल भए त मधेशी मोर्चाको मत जोडिदा सजिलै बहुमत पुगिहाल्छ । तर मधेशी मोर्चा सरकारमा गएन भने पनि उसले ओली सरकारको विकल्पको रुपमा दाहाललाई समर्थन गरिनै हाल्ने छ ।

ओलीले संसद्मा बहुमतको रक्षा गर्न असम्भव जस्तै छ । राप्रपा नेपालले ओलीलाई साथ दिने प्रस्ट भइसकेको छ । तर अरु दलको ठेगान छैन ।
काङ्ग्रेस–माओबादी गठबन्धन सरकार गठन गर्नका लागि ओलीले कि त राजीनामा दिनु पर्यो कि त संसद्बाट उनलाई अविश्वास पारित गर्नु पर्यो । ओलीले राजीनामा नगर्ने बताइसकेकाले काङ्ग्रेस–माओबादीले अविश्वास प्रस्तावको तयारी गरिसकेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गरिएपछि त्यसको छिनोफानो हुन केही दिन लाग्ने नै छ । सभामुख माओबादी समर्थक नै भएकाले संसदको बैठक बोलाउन अनुकूलता हुने छ ।

ओली नेतृत्वको सरकार ढाल्न यतिबेला माओबादी कस्सिएको देखिए पनि नेपथ्यमा काङ्ग्रेस, मधेशी मोर्चा र भारतीय संस्थापनको भूमिका मुख्य रहेको अनुमान गरिएको छ । मोदी सरकारका लागि ओली सरकार काउसो नै सावित भइसकेको थियो ।

मधेशी मोर्चालाई भीषण आन्दोलनमा उतार्दा र लामो नाकाबन्दी गर्दा समेत नगलेको ओली सरकारलाई हटाउन माओबादीको सहयोग जरुरी थियो । अहिले ओलीविरुद्ध सबै शक्ति एक ठाउँमा जुटेको हुँदा नयाँ सरकार गठनको मार्गमा मुलुकको राजनीति अघि बढेको हो ।
सरकार गठन बहुमतका आधारमा हुने हुँदा ओली सरकार ढल्ने र नयाँ सरकार गठन हुने प्रक्रिया अब सुरु हुने छ ।
………………………………………………………….

फेरि अर्को भद्र सहमति

विर्तामोड । नेकपा एमालेले भद्र सहमति पालना नगर्दा सरकार छाडेको नेकपा (माओबादी केन्द्र)ले आफ्नो दलका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन नेपाली काङ्ग्रेससँग अर्को भद्र सहमति गरेको छ ।

स्रोतका अनुसार माओबादी र काङ्ग्रेसवीचको भद्र सहमतिमा सरकार सञ्चालन आलोपालो गर्ने भनिएको छ ।

आगामी चैतसम्ममा स्थानीय निर्वाचन गर्ने र त्यसबेलासम्म दाहालको नेतृत्वमा सरकार चलाउने भद्र सहमतिमा समावेश छ । त्यसपछिका प्रदेश र सङ्घीय चुनाव नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले गराउने सहमतिमा भनिएको छ ।

(२०७३ असार ३० गते प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: