अब लकडाउनको अधिकार प्रदेश सरकारलाई

  प्रकाशित मिति
६ असार २०७७, शनिबार ०८:१५


झापा, ६ असार । अबदेखि प्रदेश सरकारले नै आवश्यकताको आधारमा आफ्नो प्रदेशको कुनै पालिका तथा जिल्लाभर लकडाउन लागू गर्न पाउने भएको छ ।

जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न दिने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

तर प्रदेशले लकडाउन गर्दा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिस लिनु पर्नेछ ।

सीसीएमसीद्वारा जारी विज्ञप्ति अनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: