अब सस्तो भयो वीएन्डसीको उपचार

  प्रकाशित मिति
१६ चैत्र २०७४, शुक्रबार १८:०७


विर्तामोड । महङ्गो भएको आरोप खेप्दै आएको वीएन्डसी हस्पिटलले सर्वसाधारण जनताको सुविधाका लागि आफ्ना सबै उपचार सेवा र सुविधालाई सस्तो बनाएको छ ।

अत्याधुनिक उपकरण र विशेषज्ञ डाक्टरहरुबाट उच्च स्तरीय उपचार गरिने भएकाले वीएन्डसीमा अरु क्लिनिक र हस्पिटलको तुलनामा केही महङ्गो खर्च लाग्ने भए पनि अब आम जनताको सुझाव बमोजिम सबैखालका उपचार सस्तो बनाइएको हस्पिटलका मेडिकल डाइरेक्टर डा. रोहित यादवले बताए ।

बीएन्डसी हस्पिटलले पहिलो चरणको हस्पिटल सुधार अभियान अन्तर्गत सबै खाले अपरेशनमा हालको दररेटमा २५ प्रतिशत छुट दिने निर्णय गरेको डा. यादवले बताए ।

हस्पिटलले एक्सरे, भिडियो एक्सरे लगायत सबै किसिमको रेडियोलोजी विभागको सेवामा १५ प्रतिशत छुटको घोषणा गरेको छ । ल्याबमा पनि १५ प्रतिशत छुट दिइने हस्पिटलले जनाएको छ ।
यो छुट चैत्र १५ गते सुरु भई चैत्र ३० गतेसम्म लागू हुने हस्पिटलले जनाएको छ ।

नयाँ वर्ष २०७५ को अवसर पारेर उपचार सस्तो बनाउन हस्पिटलले यो १५ दिनको अवधिलाई निःशुल्क स्वास्थ्य शिविरको नाम दिएको छ । शिविर विहीवार शुरु भएको छ ।

यस अवधिमा ओपीडी निःशुल्क हुने र १९ वटा विभागका विशेषज्ञ डाक्टरहरु शिविरमा अनिवार्य सेवामा हाजिर हुने बताइएको छ ।

उपचार स्तरीय र राम्रो भए पनि जनस्तरबाट सस्तो बनाउन व्यापक सुझाव आएको जनाउँदै मेडिकल डाइरेक्टर डा. यादवले वीएन्डसीको सेवालाई अब गुनासोरहित बनाइने उद्घोष गरेका छन् ।

विगतमा हाम्रा पनि कतिपय कमी कमजोरी नभएका होइनन्’, बुधवार पत्रकार सम्मेलनमा डा. यादवले भने–अब सर्वसाधारणहरुले वीएन्डसीलाई सस्तो पनि छ, हाइ क्वालिटीको पनि छ भन्ने छन् ।’
निःशुल्क स्वास्थ्य शिविरको अवधिमा वीएन्डसी हस्पिटलले आफ्ना सम्पूर्ण डाक्टर, नर्स र कर्मचारीहरुलाई विदा नदिई शिविरमा खटाउने भएको छ ।

हस्पिटलले नेपालमै पहिलोपल्ट सबैभन्दा राम्रो प्रविधियुक्त करोडौँ मूल्यका मेशिनहरु ल्याएको र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिरहेको उल्लेख गर्दै डा. यादवले झापाली सर्वसाधारणहरुलाई भनेका छन्–शिविरमा आएर उपचार लिनुहोस्, वीएन्डसीलाई पहिलेभन्दा फरक पाउनु हुने छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: