अब सुधार हुन्छ ?

  प्रकाशित मिति
१६ असार २०७३, बिहीबार ०९:४८


11219429_994402053914088_1663238909338793149_n
बिरामी परेको बेला वा आकस्मिक रुपमा ज्यान बचाउने चिकित्सक, औषधि पसल र अस्पताल नै हुन् । तर पछिल्लो समय विभिन्न स्थानमा नक्कली डाक्टर र अनुभव नभएका उपचार गर्नेको चर्चा व्याप्त छ । उपचार गरेर निको पार्नेसम्म त ठीक हो तर भवितव्य रुपमा मानिसको ज्यान ज्यादा मात्र यस्ता विषयमा खोजी र चर्चा हुने गर्छ ।

कुनै पनि चिकित्सकले निको पार्छु नै भनेर उपचार गर्छ तर कहिलेकाहिँ उसले चाहेर सबै हुन सक्दैन, अकालमा मान्छेको ज्यान जान्छ । त्यस्तो अवस्था डाक्टरलाई नक्कली भनेर आरोप लगाउनु हुँदैन ।

यो कुरा भनिराख्दा डाक्टरको वकालत गरेको होइन । चिकित्सक तथा स्वास्थ्यसित सरोकार राख्ने सबैको अनुगमन र अनुसन्धान हुँदा सही काम गर्नेलाई कुनै अप्ठेरो हुँदैन र त्यसो भयो भने हामी सबैले उत्कृष्ट सेवा पाउँछौँ भन्ने मेरो आशय हो ।

झापामा अनुगमन ः
झापामा औषधि व्यवस्था विभाग बिराटनगर, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले ४ दिनसम्म औषधि पसल, क्लिनिक, ल्याब, डेन्टल अस्पताल लगायतको अनुगमन गर्यो । अनुगमन टोली आएको जानकारी पाउनासाथ कतिपय औषधि पसल सञ्चालक पसल बन्द गरेर हिँडे । बन्द गरी हिँडेका औषधि पसलका सम्बन्धित व्यवसायी धनी नभएपछि कारवाही हुने डरले बन्द गरेका थिए ।

बेथिति देखियो ः
अनुगमनको क्रममा कतिपय पसल, ल्याब, क्लिनिक तथा डेन्टलमा सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन गरेको भेटियो । त्यस्ता सञ्चालकहरूलाई घरेलु कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रक्रिया पुर्याई व्यवसाय गर्न सुझाव दिइयो । धेरैजसो स्थानमा सेवाग्राहीलाई बिल नदिने गरेको पाइयो । केही औषधि पसलले मनोदिपक औषधिको बिक्री वितरणको रेकर्ड नराखेको पाइयो ।

अनुगमनपछिको उपलब्धि ः
झापामा संयुक्त टोलीको अनुगमनपछि घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा नविकरण र दर्ता गर्नेको सङ्ख्या बढ्न थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले नविकरण नभएका डेन्टलहरूको अनुमति खारेज गरी कारवाही प्रक्रिया अघि बढाएको छ । अनुगमनको क्रममा भद्रपुरमा १० बर्षदेखि दाँत तथा कानको उपचार गर्ने भारतीय डाक्टरलाई पक्राउ गरियो । उनको साथबाट नेपालमा प्रतिबन्धित ३० किसिमका औषधि समेत फेला परेको थियो ।

चिकित्सकहरूको विवरण खोजी ः
जिल्ला प्रशासन कार्यालय झापाले सरकारी तथा निजी क्षेत्रमा काम गर्ने १९ जना चिकित्सकहरूलाई विवरण उपलब्ध गराउन भनेको छ । मेची अञ्चल अस्पतालमा कार्यरत ६ जना चिकित्सक तथा निजी अस्पतालमा कार्यरत १३ जना चिकित्सकको व्यक्तिगत विवरण बुझाउन पत्र काटेको छ । कतिपय डाक्टरहरूले आफ्नो काम गर्ने स्थान र नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर सहित आफुले तिर्नुपर्ने कर तिरेर प्रशासनमा धमाधम बुझाउन थालेका छन् ।

अनुगमनको दायरा बढाउनु पर्छ ः
अनुगमन त हुन्छ तर पिच बाटो नजिकका औषधि पसल, क्लिनिक तथा अस्पतालहरूको मात्रै । झापामा सरदर ७ सय औषधि पसल छन् । तर सबैले दर्ता गरेका छैनन् । धेरैजसो भित्रि गाउँमा रहेका छन् । उनीहरूलाई पनि अनुगमन गरेर प्रक्रियामा लानु पर्छ । खुला सिमानाका कारण कतिपय स्थानमा भारतबाट झोले डाक्टर आउछन् र नेपालमा दर्ता नभएका औषधिहरू बिक्री गरी आम्दानी भारत लैजान्छन् ।

अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव देखिएको छ । उनीहरूले १६ जिल्ला अनुगमन गर्नुपर्ने अवस्था रहेको छ । स्थानीय प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयले मात्रै पनि स्वास्थ्य निकायमा अनुगमन गर्न सके प्रभावकारी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: