अभियानको सार्थकता

  प्रकाशित मिति
२० मंसिर २०७३, सोमबार १०:५८


radha
हिंसा अशान्ति र तनावयुक्त दिनचर्याबाट नै सुरु हुन्छ । हामी बसेको घर, हामी मिलेर बसेको परिवार जब अविश्वसनीय वातावरणबाट गुज्रिन थाल्छ अनि हिंसाको बीउ त्यहीँबाट सुरु हुन्छ । हिंसा पुरुषबाट नै सुरु हुन्छ भन्ने छैन । २१ औँ शताब्दीमा आइपुग्दा पनि प्रायः हामी देख्छौँ र सुन्छौँ सबैभन्दा बढी हिंसा महिलाबाटै नै महिलाहरु बढी परेका घटनाहरु  । एउटा घरमा एउटी बुहारी अथवा जो कोही महिला हिंसामा पर्नुमा ५० प्रतिसत भन्दा बढी हात महिला सदस्यको नै हुने गर्छ । चाहे त्यो मानसिक होस् या शारीरिक होस् । परिवारमा एउटी महिला सदस्यमाथि हिंसा हुने पहिलो ठाउँ भनेको नै घर हो । यसलाई हामी जो कसैले नकार्न सक्दैनौँ ।

खोई त हाम्रो नेपाली समाजको सोचाइ र हेराइमा परिवर्तन ? २५ बर्षदेखि अभियानको रुपमा लिएर हिँडिएको लैङ्गिक हिंसाको नाराले के गर्यो त ? के अभियान अब दिवसको रुपमा नै परिणत हँुदैछ ? अब सबैले मनन् गर्ने बेला आएको छ । गतवर्ष भैmँ यो अभियान ‘घर शान्ति नै विश्व शान्तिको आधार र दिगो विकासको लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने मूल नारा बोकेर यो वर्ष पनि १६ दिने लैङ्गिक हिंसाविरुद्ध अन्तर्राष्ट्रिय अभियान सुरु भएको हो ।

यो नारा वास्तवमै धेरै अर्थ बोकेर आएको हो । यसको एक मात्र कारण छ, मानिसमा अशान्ति छ । विश्वमा अशान्ति भएकाले हरेक मानिसमा अशान्ति छाएको होइन कि हरेक मानिसमा, हरेक घरमा अशान्ति छ । त्यसैले सारा विश्व नै अशान्ति छ । त्यसैले पनि अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियान २०१६ घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज घरबाट शुरुवात गरी विश्वभर शान्ति कायम राखौँ र शान्तिमै दिगो विकास सम्भव छ भन्ने कुरा नाराले उजागर गर्न खोजेको हुनुपर्छ ।

तर, यहाँ नाराको संवेदनशीलतालाई बुझ्ने प्रयास अधिकारकर्मीहरुबाटै भएको देखिँदैन । न त यहाँ राज्यस्तरबाट नै प्रभावकारी काम भएको देखिन्छ न त स्थानीय निकायहरुबाट, यहाँ त केवल र्याली, दीप प्रज्ज्वलन र गोष्ठी र सम्मान कार्यव्रmम गरिन्छ । ठुला–ठुला भाषणरुपी प्रतिवेदनहरु पेस गरिन्छ, अनि भनिन्छ १६ दिने अभियान निकै प्रभावकारी भयो ।

हिजो आज देश भरको कुरा गर्दा पनि महिलाको क्षेत्रमा र हक अधिकारको क्षेत्रमा केही प्रभावकारी काम गर्ने भन्दै सयौँको सङ्ख्यामा सङ्घसंस्था जन्मेका छन् । तर, पनि हिंसा न्यूनीकरणमा समाजमा प्रत्यक्ष र प्रभावकारी सकारात्मक असर परेको देखिँदैन । त्यसैले अब हामीले कमजोरी कहाँ छ पत्ता लगाउने र प्रत्यक्ष प्रभाव पार्ने कार्यव्रmम गर्नुपर्ने खाँचो छ । एउटा घर महिला र पुरुषको प्रेम र समझदारीबिना शान्ति र खुसी हुन सक्दैन भन्ने शिक्षा खोई हामीले दिन सकेको ? हो, स्वभावको हिसावले पनि महिला कोमल, सहनशील, समर्पण र प्रेमको भण्डार हो । महिलाहरु आफ्नो महानता र समर्पणको भावले नै विश्व जित्न सक्छन् । तर, पुरुषले महिलाको यो पक्षलाई कमजोरीकोे रुपमा लिए भने त्यो पुरुष सोचाइको कमजोरी हो । महिला र पुरुष आपैmमा दुई पाटा हुन् । दुबैले एकअर्काको बानी व्यवहारमा समझदारी अपनाउने प्रयास गर्न सक्नु नै घर शान्ति बनाउने पहिलो खुड्किलो हो । तर, अफसोच भनौँ हाम्रो समाजमा एकोहोरो शिक्षा मात्र गएको छ । महिला हिंसामा छन् भन्नु बाहेक अरु नारा हामीसँग हँुदैनन् । पुरुष पनि हाम्रा सहयात्री हुन् उनीहरुको साथ बिना महिला मात्र खुसी, सचेत र शिक्षित हुन सक्दैनन् भन्ने चेतनाको विकास कहिले हुन्छ ?

हाल मात्रै महिला विकास कार्यालयले निकालेको तथ्याङ्क अनुसार राज्यले महिलाहरुले आफ्नो कुरा घर, समाज, संस्था तथा सम्बन्धित निकायमा राख्न सक्ने क्षमता ८५ प्रतिसत, पारिवारिक विषयमा निर्णय गर्ने क्षमता ७८.३, पारिवारिक स्वास्थ्यमा ९८.५ प्रतिसत, शिक्षामा ६३.५ प्रतिसत, पशुपालनमा ९४.८ र दैनिक घरायसी कार्यमा ७२.५ प्रतिसत रहेका छन् । आर्थिक सर्वेक्षण अनुसार पनि महिला ४२ प्रतिसत साक्षर छन् भने आर्थिक रुपमा भने ६० प्रतिसत महिला सक्षम छन् ।
माथिको तथ्याङ्क हेर्दा महिलालाई आरक्षण भन्दा पनि पुरुष समान सहभागिता आवश्यक देखिन्छ । त्यसको लागि महिला पुरुष समान रुपमा समझदारीका साथ अगाडि बढ्नु जरुरी छ । १६ दिने लैङ्गिक हिंसा अभियानले जुन नारा बोकेको छ त्यो नारा तब मात्र सार्थक बन्छ जब महिला पुरुषको हरेक क्षेत्रमा समान सहभागिता हुन्छ । अब नारासँगै अभियानमा दिगो विकासका लागि शिक्षा, स्वास्थ्य, सुरक्षित मातृत्व जस्ता आधारभूत कुराहरु उपलब्ध नहँुदासम्म दिगो विकासको सम्भव छैन । त्यसकारण पनि हिंसामुक्त घर, समाज र राष्ट्र अनि दिगो विकास शान्तिविना सम्भव छैन । त्यो शान्ति पैसा र पदमा छैन । त्यसैले समाजका हरेक पक्षसँग सुमधुर सम्बन्ध र व्यक्तिको अन्तरमनमा शान्ति छ ।

अब राज्य, स्थानीय निकाय र सङ्घसंस्थाहरुको अभियान महिला हिंसाका ‘विचरा खाले’ नारा लगाउनमा मात्र सीमित नहोस् । महिला पुरुष एक अर्काको साथ र सहयोग बिना पूर्णरुपमा महिला हिंसा निर्मूल हँुदैन भन्ने विचार अबका दिनमा अगाडि आउनुपर्छ । यदि अहिलेकै जस्तो र्याली अनि तारे होटलमा गोष्ठी र सेमिनार गरेर महिला हिंसा बढ्दै गयो भनेर प्रतिवेदन बनाई राख्ने स्थिति रहिरह्यो भने यो १६ दिने अभियान बजेट र डलर पचाउने दिवसका रुपमा परिणत नहोला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: