अमेरिकाले दियो फाइजर भ्याक्सिनलाई अनुमति

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार १६:२४


झापा, २७ मंसिर । अमेरिकाले आपतकालीन प्रयोगका लागि फाइजर भ्याक्सिनलाई अनुमति दिएको छ ।

यसअघि बेलायत, बहराइन, साउदी अरबलगायतले यसको प्रयोगको अनुमति दिइसकेका छन् भने बेलायतमा यसलाई प्रयोग गर्न थालिसकिएको छ ।

अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए)ले अमेरिकी भ्याक्सिनलाई आफ्नै देशमा प्रयोगको अनुमति दिएको हो ।

मिडिया सूत्रका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एफडीएका प्रमुखलाई फाइजरलाई अनुमति दिएर नागरिकको ज्यान बचाउन वा पदबाट राजीनामा दिन चेतावनी दिएको थियो ।

सबैभन्दा धेरै कोरोनाका बिमारी र मृत्युदर भएको मुलुक हो अमेरिका । हरेक दिन २ देखि ३ हजारको हाराहारीमा मानिसको मृत्यु कोरोना संक्रमणका कारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: